नेभिगेशन
सबै कुरा

नेपाल सेपाकताक्रो विश्वकपमा सहभागी हुने

काठमाडाैँ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टिम बिदाई भएको छ । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले उनीहरुलाई बिदाई गरेका हुन् । 

बिदाई समारोहमा सहभागी हुँदै मन्त्री श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्ने टिमलाई आत्मविश्वासी प्रदर्शन सहित उच्च प्रदर्शन गर्न शुभकामना दिए। रोशन तामाङको कप्तानीमा रहने नेपाली टिममा दीपेश जङ्ग थापा, उमेश बहादुर महतो, अनिल जार्गा मगर, विजय महतो र  पदम बहादुर थाडा मगर रहेका छन। प्रशिक्षकमा श्याम बहादुर श्रेष्ठ, टिम म्यानेजरमा नेत्र प्रसाद गुरुङ्ग र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के रहेका छन। 

शनिबारदेखि सुरू हुने विश्वकपमा कुल २१ राष्ट्रको सहभागीता रहनेछ। नेपाल डिभिजन वानमा रहेको छ। जहाँ कुल ९ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। प्रिमियरमा भने १२ राष्ट्र रहेका छन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन् ।
धरहरा चढ्नेहरुबाट ७ महिनामा उठाइयो करिब पाँच करोड

धरहरा चढ्नेहरुबाट ७ महिनामा उठाइयो करिब पाँच करोड

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट रु चार करोड ८३ लाखभन्दा  बढी राजस्व सङ्कलन गरिएको छ ।
प्रधानमन्त्री निवास अगाडि नेविसंघको नाराबाजी, ‘शैक्षिक माफिया होसियार !’ (तस्बिरहरू)

प्रधानमन्त्री निवास अगाडि नेविसंघको नाराबाजी, ‘शैक्षिक माफिया होसियार !’ (तस्बिरहरू)

नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । ने.वि.संघ जिल्ला कार्यसमितिको झन्डा बोकेर बालुवाटार पुगेका उनीहरूले प्रधानमन्त्रीविरुद्ध विभिन्न नाराबाजी गरेका हुन् ।
२२ वर्षअघि बाबुले सुरु गरेको सागसब्जी उत्पादनलाई छोराको निरन्तरता, मासिक दुई लाख आम्दानी

२२ वर्षअघि बाबुले सुरु गरेको सागसब्जी उत्पादनलाई छोराको निरन्तरता, मासिक दुई लाख आम्दानी

कैलालीको जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । बाइस वर्षअघि उनका पिताले थालेको सागसब्जी खेतीलाई उनले व्यावसायिक रूपमा अघि बढाएका छन् ।