नेभिगेशन
सबै कुरा

डाँडामा लुकेको चुलिबोझ मगर होमस्टे (तस्विरहरु)

पुर्वी नवलपरासी । नवलपुरको उत्तरी भेगमा बुलिङ्टार गाउँपालिकामा पर्छ चुलिबोझ होमस्टे । समुन्द्री सतहदेखी १९३६ मिटर अग्लो देवचुली डाँडाको काखमा अवस्थित सुन्दर गाँउमा मगर जातिको बाहुल्यता रहेको छ । सुन्दर र शान्त गाँउमा घर बास ( होमस्टे) को सञ्चालन २०७३ साल देखि शुरु गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाँउकै नाम र मगर समुदाय लाइ जोडेर चुलीबोझ मगर सामुदायिक होमस्टे ुनाम दिइएको छ । पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको दुरिमा उत्तर तर्फ लागेपछि चुलीबोझ पुग्न सकिन्छ ।बुलिङटार गाउँपालिका वडा नं. ४ मा अवस्थित छ चुलीबोझ सामुदायिक मगर होमस्टे । मगर होमस्टेमा मगर समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुराको स्वाद लिन पाइन्छ । होमस्टे अन्तर्गत हाल पाहुनाका लागि १३ वटा घरहरू रहेका छन् । होमस्टेमा तीन वटा हलकोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ ।

Ncell
Extreme Energy

जिल्लाभित्र र नजिकका छिमेकि जिल्लाहरुबाट पनि आन्तरिक पर्यटकहरु बास बस्न र रमाईलो गर्न आउने गरेको गरेको होमस्टे सञ्चालक हेमलाल बराल बताउँछन् । जिल्लाकै अग्लो डाँडा देवचुली डाँडामा पदयात्रा गर्न जाने पर्यटक , तराइबाट गर्मि छल्न आउने र होमस्टेमा बास बस्न आउने गरेका छन । चुलीबोझामै उत्पादन भएको कोदो , मकै , फापरको ढिँडो , लोकल कुखुराको मासु , दाल, सिस्नो , अमिलो , सुन्तला , केरा , तरुल , पिडालु , भट्ट , गहत लगायतका गेडागुडीको परिकारको स्वाद लिनका लागि पनि बजारमा बसोबास गर्नेहरु होमस्टेमा आउने गर्छन । मगर समुदायको मौलिक संस्कृती जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्न मगर समुदायमा चर्चित करुवा नाच , झाम्रे नाच प्रस्तुत गर्ने गरिन्छ ।


चुलीबोझमा रहेको होमस्टेबाट देवचुली र वरचुली डाँडा , उत्तरतर्फ धौलागिरी , माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृष्य, धौवादीको फलामखानीको डाडा समेत अवलोकन गर्न सकिन्छ , यस्तै यहाँका भिरमा रोपिएका अमृसो खेती र रमणीय वातावरणले जोकोहिको मन रमाउछ । पाहुनाहरुको सेवा शुल्क निर्धारण साथै व्यवस्थापन यहाँको होमस्टे समितिले गर्ने गर्छ ।






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ ।
व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...

भर्खरै