नेभिगेशन
सबै कुरा

टुँडिखेलमा काठमाडौँ महानगरले कन्सर्टसहित विश्वकप क्रिकेटमा नेपालकाे खेल लाइभ गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्वकप क्रिकेटमा नेपालको खेल लाइभ देखाउने भएको छ । महानगरले टुँडिखेलमा नेपालको सबै खेल लाइभ देखाउने भएको हो । टी–२० विश्वकपमा नेपालले भोलि राति ९ः१५ बजे नेदरल्याण्ड्सवीरुद्ध खेल्दै छ । 

खेलकुद मन्त्रालयकाे समन्वयमा महानगरले आयोजना गरेको उक्त कन्सर्टसहितको विश्वकप लाइभमा मेयर बालेन शाह पनि उपस्थित हुनेछन् । टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइने महानगरले जनाएको छ । त्यस्तै टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको साथै खाजा खानाको पनि व्यवस्था गरिएको छ । सबैलाई निशुल्क प्रवेश गराइने पनि महानगरले जनाएको छ । 

विभिन्न २० टोली सहभागी उक्त टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश छन् । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग यही जेठ २२ गते अर्थात भोलि राति खेल्दैछ । जेठ २९ गते श्रीलङ्कासँग दोस्रो खेल खेल्नेछ भने जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ । त्यस्तै नेपालले आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले...
आइसिसी विश्वकप क्रिकेट लिग–२ः युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । यस शृङ्खलामा यसअघि...
आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक...