नेभिगेशन
सबै कुरा

काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत

काठमाडाैँ । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका  राजधानीवासीलाई राहत भएको छ । 

काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो वायु प्रणालीले राजधानी उपत्यकामा एक घण्टाभन्दा बढी समयस्मम वर्षा गराउने र उत्तरतिर लागेर कमजोर हुँदै जाने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । यो प्रि मनसुन क्रियाकलाप भएको महाशाखाले जनाएको छ । 

हाल देशमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको  उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार कोशी, मधेस र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । कोशी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

यस वर्षको मनसुन यही जेठ ३१ गतेदेखि नेपाल प्रवेश विभागको पूर्वानुमान छ । यद्यपि मनसुन भित्रिने सरदर मिति केही दिन तलमाथि हुने विभागले बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाको बिस्तारित बैठकअघि केन्द्रीय समिति बैठक

रास्वपाको बिस्तारित बैठकअघि केन्द्रीय समिति बैठक

बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने उपसभापति डा स्वर्णिम वाग्लेले निर्वाचन लक्षित वाचा पत्र पेस गर्नेछन् ।
रास्वपाकाे विस्तारि बैठक सौराहामा सुरु हुँदै, डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्दै

रास्वपाकाे विस्तारि बैठक सौराहामा सुरु हुँदै, डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्दै

फागुन २१ को निर्वाचन तथा पार्टीको आगामी रणनीति तय गर्ने छ । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा...
आजको मौसमः देशका अधिकांश भागमा आज मौसम सफा रहने

आजको मौसमः देशका अधिकांश भागमा आज मौसम सफा रहने

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका...
धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

कैलाली जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिएको थियो । मौसमका कारण कात्तिक १६ गतेदेखि धान खरिद सुरु गरेको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढा...