नेभिगेशन
सबै कुरा

चोयु हिमाल आरोहणमा नयाँ किर्तिमान, नेपालबाटै व्यवसायिक आरोहणको बाटो खुल्यो

काठमाडौं । नेपाली हिमाल चोयु आरोहणमा पर्वतारोहीहरूलाई नयाँ सफलता मिलेको छ। दशकौँ अघि पहिचान भएको ८ हजार १८८ मिटर अग्लो उक्त हिमाल नेपालकै भए पनि अहिलेसम्म नेपालतर्फबाट आरोहण गर्न सकिएको थिएन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, गत शुक्रबार नेपाली किर्तिमानी पर्वतारोही गाल्जे शेर्पा नेतृत्वको ७ सदस्यीय टोलीले उक्त हिमालको नेपालतर्फबाट सफलतापूर्वक आरोहण गरेर नयाँ किर्तिमान राखेकाे हो । 

Ncell
Extreme Energy

एक फ्रान्सेली नागरिकसहितको आरोहण टोलीले २०८१ जेठ २५ गते ९७ जुन २०१४ ० राति ८ः ३० बजे चोयुको सफल आरोहण गरेको हो ।  यो विश्वको अग्ला हिमाल मध्येको पाँच औं नम्बरको हिमाल हो । 

चार वर्ष देखि नेपालबाट चोयु चढ्न गरेको प्रयास शुक्रबार सफल भएको आरोही दलका प्रमुख एवम् किर्तिमानी पर्वतारोही गाल्जे शेर्पाले सिधाकुरालाई बताए ।

‘आफ्नै देशमा भएर पनि विश्वको पाँचौँ अग्लो हिमाल चढ्न चीनको भर पर्नुपर्ने थियो,’ शेर्पाले भने, ‘अब त्यो अन्त्य भएको छ । नेपालबाटै चोयुको आरोहण गर्न अब व्यवसायिक बाटो खुलेको छ ।’

यस अघि चोयुको आरोहण गर्न चीन जानु पर्ने, उतैबाट आरोहण अनुमति लिनु पर्ने प्रक्रियागत झन्झट थियो । यस पटक नेपालबाटै आरोहण अनुमति लिएर उक्त हिमालको सफल आरोहण भएको शेर्पाले बताए ।   

उनकाअनुसार पछिल्लो ३७ दिन देखि आरोहण दल चोयु आरोहणका लागि खुम्बु क्षेत्रको थामे क्षेत्रमा लागि परेको थियो । आरोहीहरू गाल्जे शेर्पा, छान्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेम्वा शेर्पा, लाक्पा तेन्जी शेर्पा, निग्मा ओङदा शेर्पा र फ्रान्सका अलास्डिर म्याकान्जी गरी सात जनाको टोलीले उक्त हिमालको आरोहण गरेको हो । आरोहण दल सोमबार काठमाडौं आइपुगेको छ ।        

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ ।
व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...