नेभिगेशन
सबै कुरा

बलात्कार मुद्दामा दोषी ठहरिएका न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

काठमाडाैँ । बलात्कार मुद्दामा दोषी ठहर भएका न्यायाधीश भुवन गिरीलाई सजाय तोकिएको छ । गत जेठ १३ गते काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेका उनलाई सात वर्ष कैद सजाय सुनाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई दोषी ठहर गरेपनि सोमबार न्यायाधीश दुर्गाबहादुर भुसालकोको इजलासले उनलाई तीन लाख रुपैयाँ जरिवाना र सात वर्ष कैद सजाय सुनाएको हो । 

Ncell
Extreme Energy

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेकै बेला न्यायाधीश गिरीविरुद्ध उनकै पत्नि आरती रावलले मुद्दा दायर गरेकी थिइन् । यसअघि जिल्ला अदालत र उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । चैत २१ गते सर्वोच्चका न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले धरौटीमा छाड्ने जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि उनी थुनामा पुगेका थिए । 

गिरीकी पत्नीले आफूूमाथि बलत्कार भएको भन्दै गिरीविरुद्ध जोहेरी दिएकी थिइन् । सूरु देखिनै जोहरी दर्ता नगरेको, पक्राउ नगरेको भन्दै आन्दोलन गर्दै आएकी गिरीकी पत्नीले पक्राउपछी धरोटीमा छाड्ने अदालतको आदेशमा पनि असहमती जनाउँदै आन्दोलन गरिरहेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...