नेभिगेशन
सबै कुरा

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन् धने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए । 

“बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ”, प्रजिअ आचार्यले बने । बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार नजिकैको विद्यालयमा बसेका उनले बताए ।  

Dish Home
Global Ime Bank

पहिरोबाट विस्थापित हुने अधिकांश सिरीजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाकारहेका छन् । पहिरोमा परेर फक्ताङलुङ–२ का एकै परिवारका चारजनाको निधन भएको थियो भने पाँचथर फिदिमका एकजनाको सिरीजङ्घामा निधन भएको थियो । 

पहिरोले अधिकांश ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको छ । अवरुद्ध सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका जनाएका छन् । सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् । बाढीपहिरोले नगदेबाली अलैँचीमा सबैभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन् । हरेक दिन वर्षा भइरहेकाले ग्रामीण क्षेत्रका नागरिक त्रसित बनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रविन्द्र मिश्रमाथि पनि राजनीतिक प्रतिशोध !

रविन्द्र मिश्रमाथि पनि राजनीतिक प्रतिशोध !

वैशाख १४ गते राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई अदालत पेश गरिएको थियाे । मिश्रको हातमा हतकडी थियो । उनी हात जोडेर नमस्कार गर्न खोज्दै थिए । तर प्रहरीले...
रातो मच्छिन्द्रनाथको रथबाट नरिवल खसालियो (तस्विरहरु)

रातो मच्छिन्द्रनाथको रथबाट नरिवल खसालियो (तस्विरहरु)

रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ ।
गर्भनर पद कुनै पार्टीको हुँदैन, सत्तारुढ दलभित्र मतभेद छैन: महेश बर्तौला

गर्भनर पद कुनै पार्टीको हुँदैन, सत्तारुढ दलभित्र मतभेद छैन: महेश बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका बिषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका छन् ।
पाकिस्तानमा रहेका नेपालीलाई सरकारको अनुरोध– कुनै सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्नु

पाकिस्तानमा रहेका नेपालीलाई सरकारको अनुरोध– कुनै सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्नु

हालै पाकिस्तानमा भएका घटनाक्रमको सन्दर्भमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।