नेभिगेशन
सबै कुरा

६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा सिमाक्षेत्रबाट दुई जना पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ । 

भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रुपक भण्डारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उनले भने, “६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा हाम्रो टोलीले नेपाल भारत सिमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो, उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ।” 

City Express

उक्त सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको प्रवक्ता बोगटीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...