नेभिगेशन
समाज

नेपाली रक्तदाता संघ यूएईद्वारा बृहत रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न

काठमाडाैँ । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले  बृहत रक्तदान कार्यक्रम सफलतका साथ सम्पन्न गरेकाे छ । १७ जुन २०२४ सोमबारको दिन दुबई हेल्थ अथोरोटीसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युएईको दुबई शहरस्थित Dubai Health Authority Head Quarter, Al Jaddaf मा आयाेजना गरिएको बृहत रक्तदान कार्यक्रममा १३८ जनाले रक्तदान गरेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कार्यसमिति सदस्य तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताए । 

Ncell
Extreme Energy

युएईको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका जगन अधिकारीद्वारा  समन्वय गरिएको उक्त बृहत रक्तदान कार्यक्रममा नेपाली राजदुतावास यूएईका श्रम काउन्सेलर दिनबन्धु सुबेदी, दुतावासका कार्यालय सहयोगी हरेराम आचार्य,  विभिन्न पेसामा कार्यरत नेपाली समुदाएका ब्यक्तिहरु, नेपाली रक्तदाता संघ यूएईका कार्यसमिति सदस्यहरु, सल्लाहकार तथा संरक्षकहरु, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरका सामाजिक संस्था एवमं वैचारिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले रक्तदान गरेका थिए । 

कार्यक्रमका संयोजक समेत रहेका अधिकारीले कार्यब्यस्तताको बाबजुत पनि समय निकालेर उत्साहजनक उपस्थिती जनाएर रक्तदान कार्यक्रम सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने  ब्यक्तित्वहरु प्रती धन्यबाद ब्यक्त गरेका छन् । उनले भने 'अहिलेको यो उपस्थितिले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्न हौसला प्रदान गरेको छ ।'

रक्तदान गर्दै नेपाली राजदुतावास यूएईका श्रम काउन्सेलर दिनबन्धु सुबेदीले नेपाली समुदायद्वारा आयोजना गरिएको अन्य कार्यक्रम भन्दा फरक किसिमको यो रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्न पाउदा अत्यन्तै खुशी भएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुका लागि आवश्य सहयोग र समन्वय गर्नका निम्ती दुतावास सदैव तयार रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।