नेभिगेशन
सबै कुरा

‘तिव्र इच्छाशक्ति थियो,नेपाली सेनामा तिखारिएपछि रेकर्ड त बन्दै गए’ - हरिचन्द्र गिरी

काठमाडौँ । नेपाली सेनाका हरिचन्द्र गिरी पाँच वटा विश्व कीर्तिमानी राख्न सफल नेपाल सेनाका लेसनायक हुन् । पछिल्लो ४ वर्षमा मात्रै गिरिले हातले टेकेर अग्ला भर्याङबाट झर्ने देखि ट्रकको टायरमा स्किपिङ गर्नेसम्मका रेकर्ड गिनिज वर्ल्ड रेकर्ड दर्ज गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा कार्यरत उनी दाङको देउखुरी हुन् । सानै देखि फुर्तिलो उनलाई जिम्न्यास्टिकका अनेक विधामा रुचि थियो । २०१४ मा उनले पहिलो पटक एक विदेशले हातले टेकेर हिँडेर विश्व रेकर्ड कायम गरेको देखे पछि उनलाई विश्व रेकर्डको रहर पलायो । सुगठित शरीर भएका गिरी त्यसपछि अग्ला खुुड्कीला भएको भर्याङमा हातले टेकेर झर्ने अभ्यास गर्न थाले । उनी कहिले स्वयम्भूको उकालोका खुुड्कीला हातले टेकेर झर्दै गरेका हुन्थे त कहिले अग्ला भवनका भ¥याङ झरिरहेका हुन्थे । 

Ncell
Extreme Energy

पहिले ५० वटा खुुड्कीला झर्न ४५ सेकेन्ड लाग्ने गिरीको निरन्तरको अभ्यासले नै १२। ६५ सेकेन्डमा ५० वटा सिँढी झर्न सक्ने बनायो । उकालोमा बनाइएको खुड्किलो सहितको भर्याङमा, सामान्य मान्छेले हिड्ने भन्दा ठ्याक्कै उल्टो तरिकाले, अर्थात दुुबै हातले टेकेर, दुुबै खुट्टा माथि फर्काएर भ¥याङका खुड्किलोबाट  ओरालो झर्ने त्यो पनि तीब्र गतिमा । उनले दाङको देउखुरीस्थित भर्याङका ५० खुुड्कीला जम्मा १२। ६५ सेकेन्डमा हातले टेकेर झरेका थिए । गिरिले बनाएको पहिलो रेकर्ड यही थियो । 


अनौठा र दुर्लभ  पाँच विश्व रेकर्ड कायम गरेर गिरी नेपाली सेनाको शिर उँचो पारेका छन् । नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा थप नयाँ नयाँ विश्व रेकर्डका लागि मेहनत गरिरहेका गिरीसँग खेल जीवन र उनको विश्व रेकर्ड मोहबारे सिधाकुराका लागि युवराज कँडेलले गरेको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।