नेभिगेशन
सबै कुरा

‘तिव्र इच्छाशक्ति थियो,नेपाली सेनामा तिखारिएपछि रेकर्ड त बन्दै गए’ - हरिचन्द्र गिरी

काठमाडौँ । नेपाली सेनाका हरिचन्द्र गिरी पाँच वटा विश्व कीर्तिमानी राख्न सफल नेपाल सेनाका लेसनायक हुन् । पछिल्लो ४ वर्षमा मात्रै गिरिले हातले टेकेर अग्ला भर्याङबाट झर्ने देखि ट्रकको टायरमा स्किपिङ गर्नेसम्मका रेकर्ड गिनिज वर्ल्ड रेकर्ड दर्ज गराएका छन् । 

हाल नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा कार्यरत उनी दाङको देउखुरी हुन् । सानै देखि फुर्तिलो उनलाई जिम्न्यास्टिकका अनेक विधामा रुचि थियो । २०१४ मा उनले पहिलो पटक एक विदेशले हातले टेकेर हिँडेर विश्व रेकर्ड कायम गरेको देखे पछि उनलाई विश्व रेकर्डको रहर पलायो । सुगठित शरीर भएका गिरी त्यसपछि अग्ला खुुड्कीला भएको भर्याङमा हातले टेकेर झर्ने अभ्यास गर्न थाले । उनी कहिले स्वयम्भूको उकालोका खुुड्कीला हातले टेकेर झर्दै गरेका हुन्थे त कहिले अग्ला भवनका भ¥याङ झरिरहेका हुन्थे । 

पहिले ५० वटा खुुड्कीला झर्न ४५ सेकेन्ड लाग्ने गिरीको निरन्तरको अभ्यासले नै १२। ६५ सेकेन्डमा ५० वटा सिँढी झर्न सक्ने बनायो । उकालोमा बनाइएको खुड्किलो सहितको भर्याङमा, सामान्य मान्छेले हिड्ने भन्दा ठ्याक्कै उल्टो तरिकाले, अर्थात दुुबै हातले टेकेर, दुुबै खुट्टा माथि फर्काएर भ¥याङका खुड्किलोबाट  ओरालो झर्ने त्यो पनि तीब्र गतिमा । उनले दाङको देउखुरीस्थित भर्याङका ५० खुुड्कीला जम्मा १२। ६५ सेकेन्डमा हातले टेकेर झरेका थिए । गिरिले बनाएको पहिलो रेकर्ड यही थियो । 


अनौठा र दुर्लभ  पाँच विश्व रेकर्ड कायम गरेर गिरी नेपाली सेनाको शिर उँचो पारेका छन् । नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा थप नयाँ नयाँ विश्व रेकर्डका लागि मेहनत गरिरहेका गिरीसँग खेल जीवन र उनको विश्व रेकर्ड मोहबारे सिधाकुराका लागि युवराज कँडेलले गरेको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यका साथ आयोजना गरिएको नेकपाले बताएको छ ।
तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार पुल निर्माणका लागि विसं २०७४ जेठ १० गते रु १५ करोड ४३ लाखको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने...
सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडी तथा समर्थकहरुले दिए धर्ना(तस्बिरहरु)

सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडी तथा समर्थकहरुले दिए धर्ना(तस्बिरहरु)

यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ए डिभिजन गर्ने सहमति गरेका थिए। यो वर्ष भने तीन वर्षअघि भएको...
छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले...