नेभिगेशन
सबै कुरा

नेपाल ओलम्पिक कमिटीले ओलम्पिक डेको अवसरमा तेस्रो एनओसी अवार्ड आयोजना गर्ने

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले ओलम्पिक डेको अवसरमा तेस्रो संस्करणको एनओसी अवार्ड आयोजना गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओलम्पिक कमिटीले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै आगामी असार ९ गते ओलम्पिक डेको अवसरमा तेश्रो संस्करणको एनओसी अवार्ड २०२४ आयोजना गर्न लागिएको जानकारी दिएको हो । एनओसी अवार्डमा सात विधा समावेश गरिएको छ । 

Ncell
Extreme Energy

जस अनुसार एनओसी उत्कृष्ट पारा एलेटिक, एनओसी उत्कृष्ट पुरुष एथलेटिक, एनओसी उत्कृष्ट महिला एथलेटिक, एनओसी उत्कृष्ट पुरुष कोच, एनओसी उत्कृष्ट महिला कोच, एनओसी उत्कृष्ट संघ र एनओसी उत्कृष्ट खेल पत्रकार विधा रहेका छन् । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सन २०२२ देखि सुरु गरिएको अवार्ड कार्यक्रमलाई आगामी बर्षमा पनि निरन्तरता दिने जानकारी दिए । बिगतमा दिनमा ओलम्पीक डे रन भनेर चिनिने भएपनि त्यसपछि ओलम्पिक डेको रुपमा मात्र मनाउन थालिएको उनको भनाइ छ ।

ओलम्पिकलाई प्रभावकारी ढंगले अघि बढाउनका लागि नेपालमा खेल क्षेत्रलाई उत्साहित गर्दै अघि बढाइने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।