नेभिगेशन
सबै कुरा

नेपाल ओलम्पिक कमिटीले ओलम्पिक डेको अवसरमा तेस्रो एनओसी अवार्ड आयोजना गर्ने

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले ओलम्पिक डेको अवसरमा तेस्रो संस्करणको एनओसी अवार्ड आयोजना गर्ने भएको छ । 

ओलम्पिक कमिटीले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै आगामी असार ९ गते ओलम्पिक डेको अवसरमा तेश्रो संस्करणको एनओसी अवार्ड २०२४ आयोजना गर्न लागिएको जानकारी दिएको हो । एनओसी अवार्डमा सात विधा समावेश गरिएको छ । 

जस अनुसार एनओसी उत्कृष्ट पारा एलेटिक, एनओसी उत्कृष्ट पुरुष एथलेटिक, एनओसी उत्कृष्ट महिला एथलेटिक, एनओसी उत्कृष्ट पुरुष कोच, एनओसी उत्कृष्ट महिला कोच, एनओसी उत्कृष्ट संघ र एनओसी उत्कृष्ट खेल पत्रकार विधा रहेका छन् । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सन २०२२ देखि सुरु गरिएको अवार्ड कार्यक्रमलाई आगामी बर्षमा पनि निरन्तरता दिने जानकारी दिए । बिगतमा दिनमा ओलम्पीक डे रन भनेर चिनिने भएपनि त्यसपछि ओलम्पिक डेको रुपमा मात्र मनाउन थालिएको उनको भनाइ छ ।

ओलम्पिकलाई प्रभावकारी ढंगले अघि बढाउनका लागि नेपालमा खेल क्षेत्रलाई उत्साहित गर्दै अघि बढाइने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...