नेभिगेशन
सबै कुरा

पोस्ता दानाको कोटा बाँड्न १५ दिनमै वाणिज्य विभागको महानिर्देशक परिवर्तन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक १५ दिनमै परिवर्तन गरिएको छ । विभागमा हाजिर भएका सहसचिव ध्रुव घिमिरेलाई मन्त्रालयले १५ दिनमै विभागबाट हटाइएको हो । घिमिरे २४ जेठमा विभागमा हाजिर भएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घिमिरेलाई हटाएर विभागको जिम्मेवारी सहसचिव नारायण पौडेललाई दिइएको छ । स्रोतका अनुसार पौडेल सोमबार विभागमा हाजिर हुनेछन् । यस अघि पनि मन्त्रालयको वाणिज्य आपूर्ति महाशाखामा काम गरेका घिमिरे सबै भन्दा कम सयम विभागमा बस्ने सहसचिव भएका छन् । 

Ncell
Extreme Energy
  1. हटाइएका महानिर्देशक घिमिरे

त्यस अघिका सहसचिव तीर्थ चिलुवाल मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि  घिमिरेलाई विभागमा लगिएको थियो । स्रोतकाअनुसार प्रतिबन्धित पोस्ता दानाको कोटा वितरणका लागि घिमिरेलाई मन्त्रालयले दबाब दिएको थियो ।

स्वच्छ छबिका घिमिरेले उक्त कार्य आफूले नगर्ने अडान लिएपछि उनको १५ दिनमै सरुवा गरिएको हो ।  तेस्रो मुलुकबाट नेपाल ल्याएर भारतमा तस्करी हुने पोस्ता दाना आयातका लागि मन्त्रालयले कोटा वितरणको तयारी गरिरहेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।