नेभिगेशन
सबै कुरा

प्रचण्डको गुनासो– नयाँ दलहरुले पुराना दल र नेताहरुको प्रशंसा गर्नुपर्नेमा अपमान गरे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरुको त्यागले ठूला–ठूला परिवर्तन भएकाले उनीहरुलाई उपेक्षा गर्न नहुने बताएका छन् । 

शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भनिएका व्यक्तिलाई नेपालमा केहि गर्छौ भन्ने ठाँउ पुराना दल र नेताहरुले दिएको बताए । नेपालमा राजनीतिक पार्टी र नेताहरुको दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रीक गणतन्त्रको युगमा नेपाल प्रवेश गरेको उनले बताए । 

प्रधानमन्त्री प्रचण्डले सवै नेता उस्तै हुन् र नेपालमा केही हुँदैन भन्ने गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरुले देशको हित नचाहेको बताए । 

उनले नयाँ आएका दलहरुले पुराना दल र नेताहरुको प्रशंसा गर्नुपर्नेमा अपमान गर्ने प्रवृत्ति देखेको धारणा राखे । ‘नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन, पुराना पार्टीहरूले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलडेको भए लाकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरु आउने वातावरण बन्न सम्भव थियो त ?’ प्रधानमन्त्री दाहालले प्रश्न गरे । 

दाहालले नयाँ दलले पुरानाहरुलाई सम्मान गर्नुपर्ने गर्नुपर्ने बताए । प्रतिकात्मक रूपमा भनेको भन्दै दाहालले भने, ‘तपाईंहरुको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायौं भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाउआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि, आमा बाउलाई, बुढाबुढीलाई त सम्मान पो गर्नुपर्छ । तीनलाई अपमान गर्ने प्रवृत्ति देखापर्न खोजेको छ’ । 

क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजीएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने उल्लेख गरे । उनले बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ सङ्कल्पित भएर लागेको स्पष्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...