नेभिगेशन
सबै कुरा

चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले रु १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले रु १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात गर्दा रु एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख बराबरको मात्रै निर्यात गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार ११ महिनामा नेपालले कूल रु १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरेको कूल वैदेशिक व्यापारको तुलनामा यो एक दशमलव ९५ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७९र८० को जेठ महिनासम्ममा कूल रु १६ खर्ब २४ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात एक दशमलव ८४, निर्यात तीन दशमलव एक र वैदेशिक व्यापार घाटा एक दशमलव ७२ प्रतिशतले घटेको हो ।

Ncell
Extreme Energy

जेठ मसान्तसम्ममा नेपालले भारतसँग मात्र रु आठ खर्ब १३ अर्ब ७८ करोड २९ लाख बराबर व्यापारघाटा व्यहोरेको छ । भारतसँग रु नौ खर्ब आठ अर्ब २९ करोड ९२ लाखको आयात हुँदा रु ९४ अर्ब ५१ करोड बराबरको मात्रै निर्यात भएको छ । अर्को छिमेकी मुलुक चीनसँग ११ महिना अवधिमा रु दुई खर्ब ७० अर्ब ४० करोड व्यापार घाटा देखिएको छ । चीनबाट रु दुई खर्ब ७२ अर्ब ८१ करोड को आयात हुँदा रु दुई अर्ब ४० करोड ९८ लाख बराबर निर्यात देखिएको हो । बढी व्यापार घाटा देखिएका मुलुकको सूचीमा युनाइटेड अरब इमिरेट्स तेस्रो नम्बरमा छ । युएईसँग रु २८ अर्ब ४८ करोड २५ लाखको आयात र रु दुई अर्ब ४२ करोड ८३ लाखको निर्यात हुँदा कूल रु २६ अर्ब पाँच करोड ४२ लाख बराबरको व्यापार घाटा देखिएको हो ।

नेपालको वैदेशिक व्यापारमा सबैभन्दा नाफा अफगानिस्तानसँग देखिएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा अफगानिस्तानबाट रु एक करोड १६ लाख ९० हजार बराबरको आयात हुँदा रु ४० करोड ३४ लाख ९७ हजार बराबर निर्यात भएको छ । अर्थात् नेपालले अफगानिस्तानसँगको व्यापारमा रु ३९ करोड १८ लाख सात हजार बराबर फाइदा गरेको छ । त्यस्तै, नर्वे, सुडान, आइसल्यान्ड, मौरिससलगायतका मुलुकसँगको व्यापारमा पनि नाफा देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।