नेभिगेशन
सबै कुरा
आजकाे माैसम :

बागमती, गण्डकी, लुम्बिनी, कोशी र मधेश प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

काठमाडाैँ । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ ।

Ncell
Extreme Energy

अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

आज दिउँसो बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।  गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।