नेभिगेशन
सबै कुरा

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामाः परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पारेर स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता रहेको बताए का छन् । 

राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासङ्घ नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘युथ लिडरसिप समिट–२०२४’लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नैपर्ने बताए । मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरिएको जानकारी दिँदै उनले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको बताए । 

राजनीतिक परिवर्तनपछाडि मुलुकले तीव्र आर्थिक फड्को मार्न नसकेको यथार्थ स्वीकार गर्दै  उपप्रधानमन्त्री श्रेष्ठले भने, “यसमा आलोचना गरौँ तर मुलुकको गौरवपूर्ण इतिहासप्रति गर्व गरौँ, सकारात्मक विषयलाई मनन्, समस्यालाई सच्याएर अगाडि बढौँ ।”

उपप्रधानमन्त्री श्रेष्ष्ठले जनताको सङ्घर्षको बलमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्नु वर्तमानमा सबैको आवश्यकता भएको उल्लेख गरे । “राजनीतिक प्रणालीलाई प्रजातन्त्रिक त बनायौँ, तर यसले सामाजिक आर्थिक रुपान्तरणका पक्षमा माध्यम र साधनको काम गर्नुपथ्र्यो, त्यसो हुन सकेको छैन”, उनले भने, “आर्थिक समृद्धिलाई तीव्र पारेर मुलुकलाई सवल बनाउनुपर्छ ।”

मुलुकमा वैचारिक र सांस्कृतिक रुपान्तरणको आन्दोलनको खाँचो रहेको औँल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले समाजका सबै पक्षभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । “राजनीतिक दलभित्र शुद्धीकरणको अभियान चलाउनुपर्छ, राजनीति सफा नगरी विकास र समृद्धिको कार्यभार पूरा हुन सक्दैन”, उनले भने, “मुलुकलाई आर्थिकरुपमा सबल बनाउन राजनीतिक संस्कारमा परिवर्तन हुनैपर्छ, यसमा युवाको सक्रिय सहभागिताको आवश्यक छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...