नेभिगेशन
सबै कुरा

वर्तमान सरकार ढल्ने कुनै सम्भावना छैनः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई कसैले हटाउन नसक्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले बाहिर चर्चा चलेजस्तो वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको र अहिले सरकारलाई कसैले हटाउन नसक्ने बताएका हुन् । उनले आफ्नो नेतृत्वको सरकार बन्न थालेको दिनदेखि नै यसको आयुका बारेमा बहस हुने गरेपनि आफुले डेडबर्षदेखि जनताको काममा निरन्तर काम गर्न पाएको धारणा राखे ।

Ncell
Extreme Energy

उनले आफुहरुसंग भएको सांसदको संख्या जादुवाला रहेको भन्दै तरिका मिले पुरै अवधि सरकार सञ्चालन गर्न सकिने धारणा राखे । इतिहास, मुद्धा र आन्दोलनका कारणले पनि आफु नेतृत्वको सरकारलाई हटाउन सहज नभएको उनको भनाइ छ । “आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्ने किसिमको प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशङ्का म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ । सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन ।” प्रधानमन्त्री दाहाले भने । 

माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले राजनीतिक तहमा भएका सहमतिलाई इमान्दारीताका साथ कार्यान्वयन गर्ने बताए । त्यस्तै प्रचण्डले समाजवादी क्रान्तिका लागि नयाँ बिचार बनाउन महाविधेशनमा जाने भन्दै अव बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले महाविधेशनको मिति तय गर्ने जानकारी दिए । 

यसअघि पनि ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरिएको उल्लेख गर्दै उनले  अब पनि ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गर्ने गरि मिति तोकिने जिकिर गरे । उनले माओवादीले मात्रै देशको एकता, प्राप्त उपलव्धी र व्यवस्थालाई सुदृढ गर्न सक्ने गरि जनतामा विश्वास पैदा गर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।