नेभिगेशन
सबै कुरा

वर्तमान सरकार ढल्ने कुनै सम्भावना छैनः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई कसैले हटाउन नसक्ने बताएका छन् । 

शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले बाहिर चर्चा चलेजस्तो वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको र अहिले सरकारलाई कसैले हटाउन नसक्ने बताएका हुन् । उनले आफ्नो नेतृत्वको सरकार बन्न थालेको दिनदेखि नै यसको आयुका बारेमा बहस हुने गरेपनि आफुले डेडबर्षदेखि जनताको काममा निरन्तर काम गर्न पाएको धारणा राखे ।

उनले आफुहरुसंग भएको सांसदको संख्या जादुवाला रहेको भन्दै तरिका मिले पुरै अवधि सरकार सञ्चालन गर्न सकिने धारणा राखे । इतिहास, मुद्धा र आन्दोलनका कारणले पनि आफु नेतृत्वको सरकारलाई हटाउन सहज नभएको उनको भनाइ छ । “आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्ने किसिमको प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशङ्का म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ । सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन ।” प्रधानमन्त्री दाहाले भने । 

माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले राजनीतिक तहमा भएका सहमतिलाई इमान्दारीताका साथ कार्यान्वयन गर्ने बताए । त्यस्तै प्रचण्डले समाजवादी क्रान्तिका लागि नयाँ बिचार बनाउन महाविधेशनमा जाने भन्दै अव बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले महाविधेशनको मिति तय गर्ने जानकारी दिए । 

यसअघि पनि ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरिएको उल्लेख गर्दै उनले  अब पनि ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गर्ने गरि मिति तोकिने जिकिर गरे । उनले माओवादीले मात्रै देशको एकता, प्राप्त उपलव्धी र व्यवस्थालाई सुदृढ गर्न सक्ने गरि जनतामा विश्वास पैदा गर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...