नेभिगेशन
सबै कुरा

एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा नौजना विरुद्ध मुद्दा दायर

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौजना विरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यालयले आज जारी गरेको विज्ञप्तिमा  जनाएअनुसार मुद्दा दायर गरिएकाहरुमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती बस्ने ३३ वर्षीये बालकुमार राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बर्दघाट नगरपालिका–८ भानुनगर बस्ने ३५ वर्षीय देवबहादुर परीयार, रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ कालिका टोल बस्ने ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल–११ आनन्द पथ बस्ने ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री रहेका छन् । 

Ncell
Extreme Energy

बाग्लुङको जैमिनी नगरपालिका–७ बस्ने २८ वर्षीय कमल राना, सोही नगरपालिका–१० को राडखानी बस्ने ३८ वर्षीय नगेन्द्र थापा, सोही नगरपालिका–९ बस्ने ३६ वर्षीय खड्कबहादुर थापा, स्याङजाको निरकोट नगरपालिका–९ घर भई हाल बुटवल–४ बस्ने ४७ वर्षीय कुलबहादुर बुढाथोकीलाई मुद्दा दायर गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार गत वैशाख २८ गते भरतपुर–९ क्षेत्रमा एकसिङ्गे गैँडाको खाग खरिदबिक्री भइरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा निजहरु पक्राउ परेका थिए । सो क्रममा मुद्दा दायर भएकाहरुमध्ये सन्तबहादुर कुमाललाई खानतलासी गर्दा निजका साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खागजस्तो वस्तु भेटिएपछि थप अनुसन्धान गर्दै जाँदा निजहरुलाई पक्राउ गरिएको उनको भनाइ छ ।

तिवारीका अनुसार प्रतिवादीहरुमध्ये सन्तबहादुर भन्ने पङ्कज कुमालले यसभन्दा पहिला पनि गैँडालाई गोली हानी घाइते बनाएको अभियोगमा आठ वर्ष कैद भएको थियो । निजले रु ५० हजार जरिवाना तिरेर छ वर्ष अघि छुटेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९५घ० अनुसार कारबाहीको माग राखी मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।