नेभिगेशन
सबै कुरा

छाउगोठ घटनाबारे १ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छाउपडीसम्बन्धी अछाम घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको र निजलाई म्याद थप गरी थुनामा राखी अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा अछामको छाउपडी गोठमा घटेको घटनाका सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनल पीडित र पीडक पक्ष दुवैको बयान अनुसार घटनामा एकजनाको मात्र संलग्नता रहेको खुल्न आएको जानकारी दिए । 

Everest cinsult

यही असार ४ गतेका दिन बिहान ९ बजेको समयमा अछाम पञ्चदेवल विनायक नगरपालिका–२ बस्ने वर्ष १६ वर्षीया बालिका छाउगोठ नजिकै बेहोस अवस्थामा फेला परेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन अछाममा ल्याई अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । 

“सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमान्डमा अनुसन्धानमा सहयोग गर्न प्रहरी टोली परिचालन गरिएको छ”, उनले भने, “उक्त टोलीले आफ्नो अनुसन्धान पूरा गरी प्रतिवेदनसमेत जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।” उनले मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) ले रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको र यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको बताए । 

“छाउपडी प्रथा गरिबी, विभेद, विकटतालगायत कैयौँ समाजिक परिवेशसँग जोडिएको विषय भएको र यसको नियन्त्रणका लागि सरकारले छाउपडी प्रथाका अभ्यासलाई अपराधीकरण गरी दण्डनीय बनाएको भए तापनि कानुनी प्रतिबन्धले मात्रै छाउपडी प्रथा नियन्त्रण गर्न नसक्ने अवस्था रहेको हुँदा समुदायलाई साथ लिई स्थानीय प्रशासन, स्थानीय सरकार, नागरिक समाज, धार्मिक, सांस्कृतिक सङ्घ, संस्थाहरु र आमसञ्चारमाध्यमलगायतको बहुपक्षीय प्रयास आवश्यक देखिएको छ”, उनले भने । 

उपप्रधानमन्त्री लामिछानेले महिला तथा बालबालिकाविरुद्ध हुने कुनै पनि हिंसा वा अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन गरेको र पीडितको न्याय प्राप्त गर्ने संवैधानिक हकको संरक्षण एवं कार्यान्वयनका लागि गृह मन्त्रालय र मातहत प्रशासन थप संवेदनशील रहेको बताए । यस घटनाको संवेदनशीलतालाई मध्यनजर गरी मन्त्रालयले स्थानीय प्रशासनबाट भए÷गरेका कार्यहरुको दैनिक प्रतिवेदन लिने तथा नियमित सुपरीवेक्षण गरिरहेको जानकारी दिए । 

प्रस्तुत घटनामा, सूचना प्राप्त हुने बित्तिकै बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र स्थानीयको रोहवरमा पीडितलाई उद्धार गरी उपचार र परामर्शको व्यवस्था मिलाएको उहाँको भनाइ थियो । घटनामा संलग्न व्यक्तिको पहिचान गरी मिति यही असार ४ गते बेलुका ४ बजे निजलाई नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए । घटनाको गाम्भीर्यतालाई ध्यानमा राखी सुदूरपश्चिम प्रहरी कार्यालयबाट अनुसन्धानमा सहयोग गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाइएको र सो टोलीले प्रतिवेदनसमेत जिल्ला प्रहरी कार्यालय अछाममा बुझाइसकेको उनले बताए । उनले हाल उक्त घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानलाई पूर्णता दिई चाँडै  अदालतमा मुद्दा दायर हुने जानकारी गराए । 

अनुसन्धानका क्रममा यही असार ४ गते बिहान २ बजेको समयमा बालिकामाथि जबर्जस्ती करणी भएको, पीडितको बुबा वैदेशिक रोजगारीको सिलसिलामा भारतमा रहेको र आमाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र पीडक नातामा मामा रहेको र पीडक १३ वर्ष चार महिनाको नाबालक भएको खुल्न आएको छ । पीडित हाल मङ्गलसेन अस्पतालमा उपचाररत रहेको, निजको स्वास्थ्य अवस्था सामान्य रहेको र यही जेठ ९ गते जिल्ला अदालत अछामबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।

“भविष्यमा यस प्रकारका घटना दोहोरिन नदिन छाउपडी प्रथाको अभ्यास रहेका जिल्ला तथा क्षेत्रमा स्थानीय प्रशासनबाट भइरहेका कार्यको समीक्षा गर्ने र बहुपक्षीय समन्वयमा निरोधात्मक तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाई अनुसन्धान कार्यलाई तदारुकताका साथ सम्पन्न गरिने छ”, उनले भने ।  

संलग्न दोषीहरुलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न स्पष्ट निर्देशन भएको र सो अनुसार प्रहरी तथा प्रशासनले काम गरिरहेको उनले सदनलाई जानकारी गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निजी विद्यालयमा कानुनविपरीत लिइँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन

निजी विद्यालयमा कानुनविपरीत लिइँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र संस्थागत विद्यालय शुल्क निर्धारण माापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्कलाई फिर्ता गराउन कानुनी प्रक्रिया अघि...
रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतको आदेश

रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतको आदेश

उनीविरूद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिमको कसुर गरेको आरोप थियो । नाबालिगलाई घरेलु कामदार बनाई श्रम शोषण तथा यातना दिएको आरोप उनीविरुद्ध थियो । उनको घरबाट एक बालिकालाई...
रास्वपाका युधिष्ठिर बने देशको सभामुख

रास्वपाका युधिष्ठिर बने देशको सभामुख

प्रलयबाट रास्वपा र रास्वपाका नेता जोगाएको मात्रै होइन । प्रलयपछिको दिग्विजयको नेतृत्वकर्ता र योजनाकार समेत रहेका डीपी रास्वपाका धर्म र सत्यका मानक अर्थात युधिष्ठिर हुुन् ।
ओली र लेखक थप ५ दिन थुनामा

ओली र लेखक थप ५ दिन थुनामा

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार ओली र लेखकलाई पाँच दिन म्याद थप गरेको हो ।