नेभिगेशन
सबै कुरा

अन्तर्राष्ट्रिय तहका चुनौतिलाई सामूहिक सामना गर्न एसिया संवाद महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखा परेका बिभिन्न चुनौतिहरुलाई सामूहिक सामना गर्न एसिया सहयोग संवादले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इरानको तेहरानमा आयोजित एसिया सहयोग संवादको १९ औं मन्त्री स्तरीय बैठकमा सहभागी भई मंगलबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखा परेका जलवायु परिवर्तन, द्वन्द्व, उर्जा सुरक्षा, प्राकृतिक प्रकोप, संगठित अपराध जस्ता चुनौतीहरुको सामुहिक रूपमा सामना गर्नका लागि बैठकले महत्वपूर्ण योगदान पुराएको बताएका हुन् । 

Ncell
Extreme Energy

बैठकमा नेपालको सहभागिताले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय रूपमा नेपालको सकारात्मक छविको प्रवर्द्धन गर्न, सदस्य मूलुकहरु बीच आपसी लाभका क्षेत्रहरूमा सहकार्यलाई घनिभूत बनाउन मद्धत पुगेको उनले बताए । एसिया सहयोग संवादको यस बैठकले यसअघिका शिखर सम्मेलन लगायतका बैठकहरूमा भएका निर्णयहरू, समझदारीको प्रभावकारी कार्यान्वयनका लागि सदस्य मुलुकहरू बीच आपसी सहयोग, सहकार्य एवं ऐक्यवद्धतामा जोड दिएको उनले बताए । एसियाली मुलुकहरुवीच एशिया सहयोग संवादको उपस्थिति, जनचासो र प्रभावकारिता विस्तार गर्ने उद्देश्य अनुरुप प्रत्येक वर्ष जुन महिनामा एसिडि डे मनाउने बारेमा तेहरान घोषणापत्रमा उल्लेख गरिएको उनले जानकारी दिए । उनले नेपालीसँग हितसम्वन्धी बिषयमा पनि साइडलाइन छलफल गरिएको जिकिर गरे । 

बैठकले एसियाली विश्वविद्यालयहरुबीचको सञ्जाललाई विस्तार गरी सदस्य मुलुकहरुवीच सहकार्यका लागि आवश्यक कार्ययोजना बनाउन इरानले अध्यक्षता गरेको शिक्षा र मानव संशाधन विकास सम्बन्धी कार्यदललाई निर्देशन दिएको पनि श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।