नेभिगेशन
सबै कुरा

रुस-युक्रेन युद्धमा ६ जना नेपाली युक्रेनको कब्जामा -उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुस–युक्रेन युद्धमा लड्दा छ जना नेपाली युक्रेनको नियन्त्रणमा रहेको जानकारी आएको बताएका छन् । रानको तेहरानमा भएको एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एसिया कोअपरेशन डाइलग (एसिडी)का विदेश मन्त्रीहरुको १९औँ बैठकमा सहभागी भई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो जानकारी गराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले युद्धबन्दीअन्तर्गत नेपालीलाई प्राथमिकतामा राखेर फिर्ता गर्न भनिएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले सिद्धान्ततः रुस सरकारले सेनामा रहेका नेपाली फिर्ता गर्न सहमति जनाएको तर त्यसको मोडालिटीबारे अझै काम बाँकी रहेको जानकारी दिए ।  

Ncell
Extreme Energy

परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न रुसी सरकारसँग निरन्तर कुराकानी भइरहेको बताएका छन् । उनले रुसको विदेश मन्त्रालय र सम्बन्धित निकायसँग नेपालीलाई फिर्ताका लागि निरन्तर पहल भइरहेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले रुसको उपविदेशमन्त्रीसँगको भेटमा पनि आफूले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि विशेष चासोका साथ कुराकानी गरेको जानकारी दिए । उनले भने, “नेपालीको स्वदेश फिर्ताका लागि मैले रुसका उपविदेशमन्त्रीसँगको भेटका क्रममा कुराकानी गरेँ । यसअघि पनि रुसका विदेशमन्त्रीसँग टेलिफोन वार्तामार्फत कुराकानी भएको थियो । हाम्रो मन्त्रालयका तर्फबाट त्यहाँका दूतावाससँग लगातार कुरा गरिएको छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले मस्कोस्थित नेपाली राजदूताबासबाट रुसको विदेश मन्त्रालय र अन्य सम्बन्धित निकायसँग समन्वय गरी रुस सरकारसँग कुरा हुँदा कतिपय नेपाली अफ्ठ्यारो स्थितिमा रहेको पाइएको बताए । उनले रुसी सेनामा क्रियाशील नेपालीको वास्तविक संख्या र अवस्थाबारे बुझ्न विभिन्न माध्यमबाट पहल भइरहेको जानकारी दिए । “रुसले नेपालीलाई युक्रेनसँगको युद्धमा समेत पठाएको जानकारी आएपछि हामी त्यहाँको सरकारसँग लगातार वार्ता गरिरहेका छौँ । यससन्दर्भमा  पहिले पनि त्यहाँका विदेशमन्त्री र दुवै देशका राजदूतावासमार्फत पहल गरिएको छ । पहिलो कुरा त रुसी सेनामा कति नेपाली छन् र उनीहरुको अवस्था कस्तो छ त्यसको जानकारी चाहियो भनेका छौँ”,  उपप्रधानमन्त्री श्रेष्ठले भने । 

रुसी सेनामा रहँदा ज्यान गुमाएका नेपालीलाई अन्तिम संस्कारका लागि  नेपाल पठाउन आग्रह गरिएको र ज्यान गुमाएका पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको शीघ्र उपचार र उचित क्षतिपूर्ति उपलब्ध गराउन कुराकानी गरिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।