नेभिगेशन
सबै कुरा

डुबानमा विराटनगर (तस्विरहरु)

विराटनगर । वर्षाका कारण विराटनगर महानगरपालिका क्षेत्रको अधिकांश वडा डुबानमा परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विराटनगर महानगरपालिकाको वडा नं. ९ र १० बाहेकका सबै वडाका घरहरुमा पानी छिरेको विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीले जनाएको छ । एकातिर अत्यधिक वर्षा भएको र अर्कोतिर पानीको निकास नहुँदा सडक र घरहरु डुबानमा परेको हो । 

Ncell
Extreme Energy

वडा नं. १२ र १९ मा भने करिब एक सय परिवार विस्थापित भएका छन् । उनीहरुलाई स्थानीय विद्यालयमा पुनस्र्थापना गरिएको विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीका संयोजक अर्जुन थपलियाले जानकारी दिए । उनले अहिले विभिन्न ठाँउमा पानी निकास खुलाउने कार्य भइरहेको बताए ।  

मंगलबार बिहान ८ बजेर ४५ मिनेट देखि बुधवार बिहान ८ बजेर ४५ मिनेट सम्म २४ घण्टामा विराटनगरमा ३ सय ६१ मिलिमिटर पानी परेको छ ।  विराटनगर एयरपोर्टस्थित जलवायु तथा मौसम विज्ञान फिल्ड कार्यालयका मौसम सहायक राजेश झाका अनुसार विराटनगरमा यस बर्षको मनुसनको सबैभन्दा बढी पानी परेको हो ।

बर्षाका कारण कास्की, लमजुङ, ओखलढुङ्गा लगाएतका स्थानमा पहिरो जाँदा जनधनको क्षति भएको छ । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।