नेभिगेशन
सबै कुरा

सुनमा अव्यवहारिक भन्सार वृद्धि गरेको भन्दै सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर प्रदर्शनमा (तस्विरहरु)

काठमाडाैँ । सरकारले बजेटमार्फत सुनमा अव्यवहारिक भन्सार बृद्धि गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल सुनमा लगाइएको अव्यहारिक भन्सार बृद्धिको विरोध गर्दै संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले काठमाडौं न्युरोड क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनका क्रममा पसल बन्द गर्दै विरोध जनाएका छन् । उनीहरुले अव्यवहारिक सुनको भन्सार बृद्धिका कारण उपभोक्तालाई महङ्गो पर्ने, कालीगढहरुलाई विस्थापीत गर्ने अवस्था निर्माण भएको जनाएका छन् । त्यस्तै भन्सारबृद्धिका साथै गहनामा बिलासिता कर लगाउने निर्णयको विरोध गर्दै शान्तिपूर्ण पदयात्रा गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले बताए । त्यस्तै सुनचाँदी व्यवसाय तथा कालिगढ मैत्री नीति निर्देशिका, ऐन तुरुन्त लागू गर्नुपर्ने माग पनि आफुहरुको रहेको उनले जानकारी दिए । 

Ncell
Extreme Energy

त्यस्तै व्यवसायीहरुले सुनचाँदीमा आकर्षक विज्ञापन प्रकाशित गरी आम उपभोक्तामा भ्रम छर्ने, गहना व्यवसायीहरुलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य केहि व्यवसायीहरुले गरेको भन्दै त्यसको समेत विरोध समेत गरेका छन् । 








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।