नेभिगेशन
सबै कुरा

कान्तिपुरले प्रसारण गरेको कार्यक्रमको प्रस्तुति र कलाकारहरुको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्ण : नेपाल कलाकार संघ

काठमाडाैँ । नेपाल कलाकार संघले केही दिनअघि कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम  ‘इट्स माई शो’ को प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्ण रहेको बताएको छ । कार्यक्रम र कलाकारहरुको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएपछि संघले बुधबार विज्ञप्ती निकालेर खेद व्यक्त गरेको हो । 

संघका अध्यक्ष मोहन निरौलाले विज्ञप्तीमार्फत कार्यक्रमले नेपाली चलचित्र क्षेत्र, कलाकारिता र सामाजिक दायित्वमा आघात पुगेको बताएका छन् ।‘हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ । उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ ।’, विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु, मानमर्दन गर्नु न्यायसगत ठहर्दैन र हुँदैन पनि ।’

त्यस्तै उनले संघले यसअघि पनि केही कलाकारहरूले सामाजिक मर्यादा विपरित अनुशासनविपरीत आचारसंहिता पालन नगरी अभिव्यक्ति दिँदा सचेत गराएको बताउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नदिन अनुरोध गरेका छन् । 

विगतमा सुरज सिंह ठकूरीले चलाएको कान्तिपुरमा प्रसारित कार्यक्रममा ओसिन सिटौलाले पहिलो एपिसोड चलाएकी थिइन् । जहाँ स्वस्तिमा र साम्राज्ञी राज्यलक्ष्मी शाह गेस्ट बनेर गएका थिए । उक्त कार्यक्रममा कार्यक्रम सञ्चालक (होस्ट)ले सोधेको प्रश्नको जवाफ दिन नसकेमा ‘लुगा फुकाल्नुपर्ने’ भनिएको थियो । त्यति मात्र हैन, उक्त कार्यक्रममा अनमोल केसीको गर्लफ्रेन्डका नाम खुलाउनेदेखि एक नायिकालाई त तीन जनासँग डेट गरेको आरोप लगाइएको थियो । यो बाहेक पनि कार्यक्रमका विभिन्न पक्षलाई लिएर सामाजिक संञ्चालमा चर्को आलोचना भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ...
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

बैठकले पार्टीअन्तर्गतका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक सङ्गठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...