नेभिगेशन
सबै कुरा

कान्तिपुरले प्रसारण गरेको कार्यक्रमको प्रस्तुति र कलाकारहरुको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्ण : नेपाल कलाकार संघ

काठमाडाैँ । नेपाल कलाकार संघले केही दिनअघि कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम  ‘इट्स माई शो’ को प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्ण रहेको बताएको छ । कार्यक्रम र कलाकारहरुको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएपछि संघले बुधबार विज्ञप्ती निकालेर खेद व्यक्त गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघका अध्यक्ष मोहन निरौलाले विज्ञप्तीमार्फत कार्यक्रमले नेपाली चलचित्र क्षेत्र, कलाकारिता र सामाजिक दायित्वमा आघात पुगेको बताएका छन् ।‘हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ । उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ ।’, विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु, मानमर्दन गर्नु न्यायसगत ठहर्दैन र हुँदैन पनि ।’

Ncell
Extreme Energy

त्यस्तै उनले संघले यसअघि पनि केही कलाकारहरूले सामाजिक मर्यादा विपरित अनुशासनविपरीत आचारसंहिता पालन नगरी अभिव्यक्ति दिँदा सचेत गराएको बताउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नदिन अनुरोध गरेका छन् । 

विगतमा सुरज सिंह ठकूरीले चलाएको कान्तिपुरमा प्रसारित कार्यक्रममा ओसिन सिटौलाले पहिलो एपिसोड चलाएकी थिइन् । जहाँ स्वस्तिमा र साम्राज्ञी राज्यलक्ष्मी शाह गेस्ट बनेर गएका थिए । उक्त कार्यक्रममा कार्यक्रम सञ्चालक (होस्ट)ले सोधेको प्रश्नको जवाफ दिन नसकेमा ‘लुगा फुकाल्नुपर्ने’ भनिएको थियो । त्यति मात्र हैन, उक्त कार्यक्रममा अनमोल केसीको गर्लफ्रेन्डका नाम खुलाउनेदेखि एक नायिकालाई त तीन जनासँग डेट गरेको आरोप लगाइएको थियो । यो बाहेक पनि कार्यक्रमका विभिन्न पक्षलाई लिएर सामाजिक संञ्चालमा चर्को आलोचना भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।