नेभिगेशन
सबै कुरा

पूर्वघाेषित अनसन रोकेर दबावमूलक कार्यक्रम गर्ने तयारीमा गोविन्द केसी

काठमाडाैँ । डा गोविन्द केसीले आफ्नो मागहरु यथावत रहेको भन्दै दवावमूलक कार्यक्रम जारी राख्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफ्ना माग पुरा नभए असार १४ गतेदेखि अनसन बस्ने यसअघि नै घोषणा गरेका डा केसीले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शुभेच्छुकको सुझाव अनुसार अहिले अनसनको कार्यक्रम स्थगन गर्दै दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका हुन् । 

Ncell
Extreme Energy

उनले सरकार लगायत सम्बन्धित निकायले समयमै प्रक्रिया अगाडि नवढाएमा तथा माग तथा सम्झौताहरु सम्बोधन गर्न ढिलाइ गरेमा कुनैबेला पनि सत्याग्रह शुरु गर्न वाध्य हुने चेतावनी दिए । चिकित्सा शिक्षा आयोगले गलत नियतबस ऐन विरुद्ध गरेको सम्वन्धन दिने निर्णय तुरुन्त फिर्ता लिन, मिलिमतो र प्रलोभनबाट प्रभावित भई न्याय विक्री गरि फैसला सम्पादन गर्ने न्यायाधीशलाई पदमुक्त गर्न उनले माग गरेका छन् । 

त्यस्तै उनले  विगतमा कार्याान्वयन नभएका सम्झौताहरु र पूरा नभएका मागहरू सम्बोधन गर्न  लगायत सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय साथै युद्ध अपराध र मानवता विरोधी घोर अपराधमा संलग्न प्रमुख नेताको हैसियतले प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा दिनुपर्ने माग रहेको जानकारी दिएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड