नेभिगेशन
सबै कुरा

लागू पदार्थले लठ्ठ चालकले हाँकेका मयुर यातायातका यात्रु बस

काठमाडौँ । तपाईँ सडकमा चालक वा यात्रुका रुपमा यात्रा गर्दै हुनुहुन्छ ? सम्झनुस् त, ‘तपाईँ चढेको सवारी साधनका चालक लागू पदार्थ सेवन गरेर सवारी चलाई रहेको हुन्छ’, के तपाईँहरुले कहिल्यै यस्तो परिकल्पना गर्नु भएको छ ?

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

वा ‘तपाईँ गुडिरहेको सडकको विपरित दिशामा वा एउटै लेनमा गुडिरहेको अर्को सवारी साधनका चालक लागू औषध प्रयोग गरेर सडकमा निस्किएका छन्’ भन्ने तपाईँलाई लाग्छ ? पक्कै यो कुरा तपाईँ हामी सबैलाई अस्वभाविक लाग्छ । हुँदै होइन होला भन्ने लाग्छ ।

तर, नेपाल प्रहरीले काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाकाहरुमा गरेको जाँचमा यात्रु बोकेर गुडेका सवारी साधनका चालकहरु लागू पदार्थले लठ्ठ भएकै अवस्थामा यात्रुबाहक बस हाँक्ने गरेको पाइएको छ । अझ काठमडौँमा धेरै मात्रामा गुडिरहेका मयुर यातायातका बस नै लागू पदार्थले लठ्ठ चालकले चलाउने गरेको खुलेको छ । 



यो मयुर यातायातको  बा ५ ख ४३०० नम्बरको बस हो । २० जना यात्रु बोकेर शुक्रबार दिउँसो धुलिखेलबाट काठमाडौँ आउँदै गरेको बसलाई नेपाल प्रहरीको लागु औषध जाँच टोलीले भक्तपुरको जगातीमा रोक्यो । सर्वप्रथम प्रहरीले चालकसँग संवाद गरे । लागू पदार्थ सेवन गरेको आशंकापछि प्रहरीले चालकलाई स्वास्थ्य परीक्षणका लागि किटमा पिसाबको नमूना संकलन गरेर जाँच गरे । सो जाँचमा उनले लागूपदार्थ सेवन गरेको पुष्टि भयो ।  

प्रहरीले सो बसका यात्रुलाई ओराले र अर्को बसको व्यवस्था गर्ने भन्दै मयुर कम्पनीमा सम्पर्क गरेर चालक पठाउन प्रहरीले आग्रह गरे । आफूहरुलाई बीच बाटोमा रोकेको भन्दै यात्रुहरु प्रहरीसँग आक्रोशित भए । त्यसपछि प्रहरीले लगत्तै धुलिखेलबाटै काठमाडौंँ आइरहेको मयुर यातायातको बा ६ ख ३००६ नम्बरको अर्को बस रोकेर यात्रुलाई बसाएर काठमाडौँ पठाउने तयारी गरे । तर, दुव्र्यसनी जाँच गर्न बसेका प्रहरीलाई सो बसका चालकमाथि पनि शंका लाग्यो । 

ति चालकलाई ओरालेर लागू पदार्थ जाँच गर्दा उनको पनि रिपोर्ट पोजेटिभ देखियो । धुलिखेलबाट काठमाडौँ आउँदै गरेका मयुर यातायातका २ वटा बसका चालकहरु लागू पदार्थ दुव्र्यसनीमा परे । त्यही बसमा रहेका सहचालकहरुले यो कुरा समिति र अन्य बसका चालकसम्म पु¥याए । त्यसपछि सो रुटमा मयुर यातायातको बस नै आउन छाड्यो । 


प्रहरी बृत्त जगातीकाअनुसार शुक्रबार २५ वटा सवारी साधनका चालकमाथि गरिएको यस्तो परीक्षणमा ४ जना चालकहरुले लागू पदार्थ दुव्र्यसनी गरेको स्वाथ्य रिर्पोट पाइएको थियो । जसमध्ये २ जना चालक मयुर यातायात प्रालिबाट सञ्चालत हुने बसका चालक थिए । 

जगाती बृत्तका प्रहरी निरिक्षक नवराज सापकोटाकाअनुसार मयुर यातायातका दुई जना चालक सहित ४ जनालाई नियन्त्रणमा लिएर म्याद थप गरी थप अनुन्धान थालिएको छ । 

मयुर यातायात प्रालिले पनि आफ्ना चालकहरु लागू औषध सेवन गरेको कसुरमा जगातीबाट नियन्त्रणमा परेको स्वीकार गरेको छ । कम्पनीका प्रतिनिधि बाबुराम श्रेष्ठले दुई जना चालकहरुलाई प्रहरीले पक्राउ गरेको बताए । 


‘प्रहरीले यस्तो परीक्षण गरिरहेको छ । सवारी चलाउँदा वा कुनै पनि बेला लागू पदार्थ सेवन नगर्नु भनेर हामीले पटक पटक जानकारी गराएको हो,’ श्रेष्ठले सिधाकुरासँग भने,‘तर, सेवन गरेको भन्ने पाइयो ।’ प्रहरीका अनुसार स्वास्थ्य परीक्षण रिपोर्टमा लागू पदार्थ सेवन गरेको पुष्टि भए पनि उनीहरुले के खाएका थिए भन्ने खुलेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

वैज्ञानिकहरूको अध्ययनले पछिल्ला वर्षमा हिमालयमा भइरहेको तापक्रम वृद्धि र त्यससँग जोडिएका भौतिक परिवर्तनलाई भोटेकोशी भेलबाढीको महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा औंल्याएका छन्।
सुदनको सनकमा चोलेन्द्रको ११ घण्टा

सुदनको सनकमा चोलेन्द्रको ११ घण्टा

पूर्वप्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरालाई किन पक्राउ गरियो ? र, किन छाडियो ? सर्वत्र यही प्रश्न उठेको छ । योसँगै मध्यरातमा घरबाटै उठाउनुपर्ने कारण के थियो ? बिहानसम्म पर्खेको...