नेभिगेशन
बजार

यामाहा नेपालको ‘ब्लु स्ट्रिक्स’ योजना घोषणा

काठमाडाैँ । यामाहा नेपालले ‘ब्लु स्ट्रिक्स’ नामक योजना सुरु गर्ने घोषणा गरेको छ । यामाहा मोटरसाइकलका मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलबीच बलियो सम्बन्ध सिर्जना गर्ने उद्देश्यले परिकल्पना गरिएको ‘ब्लु स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम हो । 

यसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने कम्पनीको भनाइ छ । यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि भएको कम्पनीको दाबी छ । ‘ब्लु स्ट्रिक्स’ यामाहाको आफ्ना ग्राहकसँग सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान–मेसिन’ अन्तक्र्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा रहेको कम्पनीको भनाइ छ ।

CG

यो कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसर प्राप्त गर्ने जनाइएको छ । विशेष कार्यक्रमका अवसर र सवारीदेखि लिएर भविष्यमा आउने विशेष प्रवद्र्धन र छुटसम्म प्रदान गरी ‘ब्लु स्ट्रिक्स’ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको जनाएको छ । 

‘ब्लु स्ट्रिक्स’को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुंगा रहेको एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए । उनले भने, ‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौँ । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन...
प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंक लि. लाई हानी र आफ्नो स्वार्थ समुह अन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाईदा हुने गरी रेमिट बापतको PREFUNDING दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग...
अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

अडियाे वेरेबल्स एक्सेसोरीज ब्रान्ड Ultima Lifestyle ले १२.१२ अफर घोषणा गरेको छ । जसमा कम्पनीले तीन नयाँ उत्पादन लन्च गर्दै सम्पुर्ण उत्पादनमा आकर्षक छुट र अफरहरु उपलब्ध गराउनेछ...
“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

उक्त सौर्य परियोजना नेपालकै अग्रणी स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सहयोग उपलब्ध गराएको थियो भने जर्मन ग्रान्ट...