नेभिगेशन
सबै कुरा
अन्तर्वार्ता

‘उपत्यकाका २ लाख ८० हजार बालबालिका पोलियोकाे जोखिममा छन्, खोप लगाऔँ’

काठमाडाैँ । गत असार २९ गते काठमाडौंको ढलमा पोलियोको भाइरस फेला परेको पुष्टी भयो । स्वास्थ्य मन्त्रालय मातहतको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले सङ्कलन गरेको नमूना परीक्षण गर्दा खोपबाट उत्पन्न पोलियो भाइरस भेटिएको थियो । महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार नेपाल पोलियो मुक्त भएको १० वर्षपछि काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट सङ्कलन गरेको ढलको नमूनाले वातावरणमा पोलियो भाइरस भेटिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

यद्यपि अहिलेसम्म बालबालिकामा पोलियो संक्रमण भएको पुष्टि भने नभएको गौतम बताउँछन् । उनका अनुसार हालसम्म उपलब्ध नमूना र परिक्षण रिपोर्टहरूका आधारमा काठमाडौँ उपत्यका नै पोलियोको जोखिममा परेपछि महाशाखाले खोप अभियान सुरु गरेको छ । साउन ९ गतेबाट उपत्यकाका बालबालिकालाई पोलियोबाट जोगाउन खोप अभियान सुरु भएको डा गौतम बताउँछन् । उनका अनुसार उपत्यकामा पोलियोको जोखिममा पर्न सक्ने ५ वर्ष उमेर भन्दा मुनीका झण्डै २ लाख ८० हजार बालबालिकाहरू छन् ।

पोलियो भाइरस के हो ? बालबालिकालाई कसरी पोलियोबाट जोगाउने ? पोलियोको खोप अभियान र बालबालिकाका लागि अभिभावकले अपनाउनुपर्ने राजधानीबारे सिधाकुराका लागि लक्ष्मण गिरीले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ । 

काठमाडौँको ढलमा कसरी भेटियो पोलियो भाइरस ?

स्वास्थ्य सेवा विभाग मातहतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जेठ १३ गते सो क्षेत्रबाट ढलको नमुना सङ्कलन गरेको थियो । उक्त नमुनाको रिपोर्ट असार २९ गते आएको थियो । सो क्रममा पोलियोको नयाँ भेरियन्ट फेला परेको हो । काठमाडौँको थापाथली आसपास भएर बग्ने टुकुचा खोला र बागमती नदीको संगमस्थल परिसरको ढलमा पोलियो जीवाणु भेटिएको हो । 

निरन्तर परीक्षण गर्ने विभागले सन् २०१० यता नेपालमा पोलियोको जीवाणु पाएको थिएन । त्यसो त सन् २०१४ मा नेपाल पोलियोमुक्त देश समेत बनेको थियो तर त्यसको एक दशकपछि ढलमा पोलियोको नयाँ भेरियन्ट ‘भ्याक्सी डेरिभ्ड पोलियो भाइरस–टाइप ३’ फेला परेको हो । सन् २०१७ देखि देशका विभिन्न स्थानमा पोलियो परिक्षण गर्दै आएको प्रयोगशालाले हालसम्म ७ सय ५० वटा नमुना सङ्कलन गरिसकेको छ । 

विश्व स्वास्थ्य सङ्गठनले (डब्ल्यूएचओ) ले सन् २०२६ सम्म विश्वलाई पोलियो उन्मूलन गर्ने लक्ष्य लिएको छ, जसका लागि कुनै पनि राष्ट्रमा पछिल्लो १० वर्षमा मानिसमा पोलियो देखिनु हुँदैन । तर, पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको नेपालमा उक्त जीवाणु देखिएसँगै स्वास्थ्य क्षेत्र तरङ्गित बनेको छ ।

पोलियो भाइरस के हो ? यो कसरी सर्छ ?

पोलियो बालबालिकालाई पक्षघात गराउने सरुवा भाइरस हो । यो भाइरसद्वारा लाग्ने रोग हो । व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्वारा यो रोग फैलिन्छ । संक्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने गर्छ । पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक–फरक हुन्छन् ।पोलियो दुषित खानेपानी अथवा खानेकुरा जसमा पोलियोको विषाणू अर्थात भाइरस छ र त्यो खायो भने मानिसमा पोलियो लाग्ने हो । यदि पोलियो समाजको एउटा व्यक्तिलाई भयो भने अर्को व्यक्तिलाई पनि सर्छ  । यसलाई सरुवा रोग पनि भन्न मिल्छ ।  

पोलियोका लक्षणहरु के के हुन ? 

हिजोसम्म खेलिरहेको बच्चालाई आज लुलो पक्षघात भयो भने अर्थात हातखुट्टा अचानक नचल्ने वा भनौँ शरिरका कुनै पनि अंगहरु अचानक चलेनन् भने त्यो पोलियोको लक्षण हो । त्यस्तो लक्षण  देखिएमा बच्चाको दिसाको जाँच गर्नुपर्छ । यदी पोलियो भएर पक्षघात भयो भने त्यस्ता बालबालिका जीवनभर रोग पालेर बाँच्नुको विकल्प हुँदैन ।

त्यस्तै पक्षघात विस्तारै शरिरका विभिन्न भागमा फैलन्छ र बच्चालाई श्वास फेर्न गाह्रो भएर मृत्यु पनि हुनसक्छ । त्यस्ता धेरै उदाहरण विश्वमा छन् । त्यो संगसँगै कतिलाई ज्वरो आउने, जीउ दुख्ने, रुवाखोकी लाग्ने, पखाला हुने जस्ता लक्षण देखा पर्छन् । 

अहिले फेला परेको पोलियोको भाइरस कस्तो हो ?

हामीले यस अघि पनि निरन्तर पोलियोको भाइरस जाँच गरिररहेका थियौँ । यस्तो जाँचमा बालबालिकालाई खुवाएको वा इन्जेक्ट गरिएको पोलियो खोप दिशामार्फत पानीमा बगेर आएको मात्रै पाइएको थियो । तर, यस पटक त्यो पोलियोसँग मिलेर (म्युटेसन) भएर नयाँ भाइरस बनेको देखियो ।  

यसको जोखिम क्षेत्र चै के हो ?

हामीले प्राप्त गरेको नमूना परीक्षणबाट यो सिङ्गो उपत्यकामा पोलियोको जोखिम देखियो । किन भने परिक्षण भएका भाइरसको नमूना टुकुचा खोलाको मात्रै नभई बागमति नदीको पनी हो । अव यसको स्रोत पहिचान गर्न सिङ्गो उपत्यका नै अनुसन्धानको विषय हो । उपत्यका झण्डै २ लाख ८० हजार ५ वर्ष मुनीका बालबालिका रहेको तथ्याङ्क छ । यसर्थ उनीहरुको सुरक्षाका लागि पोलियो विरुद्धको अतिरिक्त डोज खोजको अभियान सरकारले चालेको हो । कुनै पनि यो समूहका बालबालिकालाई खोज लगाउनबाट नछुटुन भन्ने नै अहिलेको प्रमख आवश्यकमा हो त्यसैअनुसार अभिभावकले पनि तदरुकता देखाउन म आग्रह गर्छु ।

खोपले सुरक्षित राख्छ तर पोलियोबाट जोगिन व्यक्ति र परिवारको पनि दायित्व हुन्छ नी हैन ? 

अवश्य हुन्छ । सबै भन्दा पहिले खानपानको स्वच्छतामा ध्यान दिनु पर्यो ।  सफा पानीको प्रयोग प्रयोग गर्नु प¥यो । भाइरस भएको खानेकुरा खाँदा पनि पोलियोको जोखम हुन्छ यसर्थ यी कुरामा परिवार देखि नै सचेत बनौँ । बालबालिकामा हिजोको आजै पोलियोसँग मिल्दोजुल्दो लक्षण देखिए चिकित्सकको सम्पर्कमा पुगौँ । महत्वपूर्ण कुरा के हो भने यो रोग समाजमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र यो रोगबाट पक्षघात भएमा निको हुँदैन । ज्यान जाने जोखिम रहन्छ । 

सुरक्षाको पूर्व तयारी घरमै कसरी गर्ने ? 

उमालेको वा उमालेर सेलाएको स्वच्छ पानी पिउनु पर्छ । दूषित खानेकुरार्ला त्याग्नु पर्छ । खाना खानु अघि र पछि सफासँग हात, खुट्टा धुनुपर्छ । बालबालिकाको दिशा पिसाब स्वच्छतरिकाले शौचालयमै बिर्सजन गर्नुपर्छ । खोपलाई कसैगरी पनि नछुटाउनु हुन अनुरोध ।

सरकारले प्रतिकार्यमा के के काम गर्दैछ ?  

हामीले अहिले खोपको मात्रा पुरा गरे नगरेका बालबालिकाहरुको विवरण हेरिरहेका छौँ  समुदाय स्तरमा पोलियोको बिरामी बालबालिका छकी छैन भन्ने सर्भिलेन्स सुरु भएको छ । खोप अभियान र समाजमा रोगको अवस्था पहिल्याउन स्वास्थ्यकर्मीको अभिमुखीकरण र  परिचालन सुरु भइसकेको छ । खोप अभियान हिजो देखि सुरु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले...