नेभिगेशन
सबै कुरा

कोशीखोलामा आएको बाढीले नुवाकोटका सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोट । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय किसान आरबी नेपालका  अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ । “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ”, उनले भने, “दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।”

Ncell
Extreme Energy

बाढीको कारण स्थानीय जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ । पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ । स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भयो । 

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताए । प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्ने अध्यक्ष अधिकारीले प्रतिवद्धता जनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

रसुवा बाढीबाट जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिहरुको परिवारले समयमै उद्धार कार्य सुरु भएकामा सरकारलाई धन्यवाद दिएका छन् ।
गोसाइँकुण्ड पुगेका तीर्थयात्री वैकल्पिक मार्गबाट फर्किँदै

गोसाइँकुण्ड पुगेका तीर्थयात्री वैकल्पिक मार्गबाट फर्किँदै

रसुवाको भोटेकोशी बाढीपछि धुन्चेतर्फको नियमित मार्ग बन्द भएपछि गोसाइँकुण्ड पुगेकाहरु गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका हुन् ।
बाढी प्रभावित क्षेत्रमा ‘विपद् पर्यटक’को अनावश्यक भीड

बाढी प्रभावित क्षेत्रमा ‘विपद् पर्यटक’को अनावश्यक भीड

भीडका कारण उद्धारमा प्रयोग गरिएका उपकरण, सुरक्षाकर्मी तथा अत्यावश्यक सवारी साधनहरूको आवतजावतमा समेत समस्या उत्पन्न भएकाले कार्यस्थललाई सहज बनाइदिन प्रशासन तथा सुरक्षाकर्मीले आग्रह गरेका छन् ।
त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

भोटेकोशी बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज तथा उद्धारमा नेपाली सेनासहितको प्राविधिक टोली परिचालन भएको छ ।

भर्खरै