नेभिगेशन
सबै कुरा

जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन पाउने

काठमाडाैँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन पाउने बताएको छ । विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र ईकाईलाई परिपत्र गर्दै सो निर्णय लागू गराउन निर्देशन दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै विभागले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने बताएको छ । 

Ncell
Extreme Energy

विभागले नागरिकलाई सहज रुपमा राष्ट्रिय परिचयपत्र वितरण गर्नका लागि निम्न ४ बुँदामा निर्देशन दिएको छ । 

१. राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्नेछ। फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन।

२. राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेश गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सक्कल वा छायाँप्रतिमा सम्बन्धित व्यक्तिले सक्कल बमोजिम नक्कल ठिक छ भनि प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडी बढाउने 

३. व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ता को व्यवस्था मिलाउने।

४. कार्यालयमा अन्य जिल्लाका नागरिकहरूले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेश गरेमा विवरण दर्ताको व्यवस्था मिलाउने ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

रसुवा बाढीबाट जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिहरुको परिवारले समयमै उद्धार कार्य सुरु भएकामा सरकारलाई धन्यवाद दिएका छन् ।
गोसाइँकुण्ड पुगेका तीर्थयात्री वैकल्पिक मार्गबाट फर्किँदै

गोसाइँकुण्ड पुगेका तीर्थयात्री वैकल्पिक मार्गबाट फर्किँदै

रसुवाको भोटेकोशी बाढीपछि धुन्चेतर्फको नियमित मार्ग बन्द भएपछि गोसाइँकुण्ड पुगेकाहरु गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका हुन् ।
बाढी प्रभावित क्षेत्रमा ‘विपद् पर्यटक’को अनावश्यक भीड

बाढी प्रभावित क्षेत्रमा ‘विपद् पर्यटक’को अनावश्यक भीड

भीडका कारण उद्धारमा प्रयोग गरिएका उपकरण, सुरक्षाकर्मी तथा अत्यावश्यक सवारी साधनहरूको आवतजावतमा समेत समस्या उत्पन्न भएकाले कार्यस्थललाई सहज बनाइदिन प्रशासन तथा सुरक्षाकर्मीले आग्रह गरेका छन् ।
त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

भोटेकोशी बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज तथा उद्धारमा नेपाली सेनासहितको प्राविधिक टोली परिचालन भएको छ ।

भर्खरै