नेभिगेशन
सबै कुरा

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

काठमाडौँ । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहनुभएका उहाँ आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई साताअघि जन्मथलो फर्किएका उनले लहानस्थित अस्पतालमा डायलासिस गराई रहेका थिए । गुरुदेव निकट मानिने कवि मुकुन्द पौडेलका अनुसार पछिल्ला दिनमा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र तीन दिन अगाडिदेखि खाना खानसमेत छाडेका थिए । 

Ncell
Extreme Energy

उनले भने, “गुरुदेवले तीन दिनदेखि केही खान सक्नुभएको थिएन । उहाँलाई चम्चामार्फत केही सामान्य झोलिलो खानेकुरा खुवाइएको थियो । केही समयअघि काठमाडौँ छाडेर उहाँ जन्मथलो फर्किनुभएको थियो । जहाँ उहाँको जन्म भयो, त्यहीँ अन्त्य भयो ।” 

साहित्यकार पौडेलसँगै कलाकार राधेश्याम विश्वकर्मा, गायक प्रभात सागरलगायतले गुरुदेवको मिर्गौला फेर्न आर्थिक समस्या भएको थाहा पाएपछि सहयोग जुटाउन पहल गरिरहेका थिए । दिवङ्गत हुनुभएका कामतको श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको अन्त्येष्टि गाउँमै गरिने साहित्यकार पौडेलले जानकारी दिए । शास्त्रीय सङ्गीतका गुरु कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद

बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद

उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको छ ।  यस विषयमा थप जानकारी प्राप्त हुन बाँकी छ ।
यी हुन् भोटेकोशी बाढीका कारण ‘विपद् संकटग्रस्त क्षेत्र’  घोषित १५ स्थानीय तह

यी हुन् भोटेकोशी बाढीका कारण ‘विपद् संकटग्रस्त क्षेत्र’  घोषित १५ स्थानीय तह

विपद् संकटग्रस्त क्षेत्रमा रसुवाको उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका रहेको छ भने नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन...
दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित रसुवाको भोटेकोशी क्षेत्रमा वर्षाको समेत जोखिम रहेकाले खोज तथा उद्धारमा चुनौती आउन सक्ने जनाएको छ।