नेभिगेशन
सबै कुरा

कसैको रहर र चाहनाले मुद्दा चल्दैनः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा उनले  लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न नसक्ने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ,” उनले भने, “कुनै मुद्दा चलेको छ भने छुट्न पनि कानुनबमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो ।”

Ncell
Extreme Energy

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्र्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाइ थियो । “यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने, “समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।”

त्यसैगरी, प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए । “कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ तर कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुन्छ,” मन्त्री लेखकले भने, “जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नुभएको छ किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनु प¥यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?” उनले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रहसमेत गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् भोटेकोशी बाढीका कारण ‘विपद् संकटग्रस्त क्षेत्र’  घोषित १५ स्थानीय तह

यी हुन् भोटेकोशी बाढीका कारण ‘विपद् संकटग्रस्त क्षेत्र’  घोषित १५ स्थानीय तह

विपद् संकटग्रस्त क्षेत्रमा रसुवाको उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका रहेको छ भने नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन...
दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित रसुवाको भोटेकोशी क्षेत्रमा वर्षाको समेत जोखिम रहेकाले खोज तथा उद्धारमा चुनौती आउन सक्ने जनाएको छ।
बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

भोटेकोशी–त्रिशूली–नारायणी नदीमा आएको बाढीपछि विभिन्न जिल्लाबाट संकलन गरिएका ३९३ शव विभिन्न अस्पताल तथा अस्थायी शवगृहमा राखिएको छ। तीमध्ये अधिकांश शवको पहिचान हुन बाँकी रहेको छ।