नेभिगेशन
सबै कुरा

निर्देशक अनुप बरालमाथि अभिनेत्री उषा रजकको आरोप - सम्बन्धका आधारमा कास्टिङ गर्छन्

असोज ५ काठमाडौं । अभिनेत्री उषा रजकले लेखक तथा निर्देशक अनुप बरालमाथि नेपोटिजम र फेबोरिजम गरेको आरोप लगाएकी छन् । साथै अनुपको ‘याक्टर्स स्टुडियो’लाई दुषित ठाँउ भनेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले १७ वर्षअघिको प्रसंग सम्झिँदै अनुपले सम्बन्धका आधारमा कलाकारलाई कास्टिङ गरेको गुनासो गर्दै कागबेनी चलचित्रको मुख्य पात्रमा आफँुलाई हटाएर दियालाई इन गराएको गुनासो गरेकी हुन् । 

Ncell
Extreme Energy

यस्तो छ उषाको स्टाटस :

Actors Studio को पहिलो ब्याचको विद्यार्थी म । १७ वर्ष अघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दिया मास्केलाई मात्र अनुबन्धित गराउनु हुन्थ्यो, अहिले पनि त्यही कुरिती कायम नै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको पारीभाषा यस्तो छैन ।

२००६: actors studio को ट्रेनिङ बज्र होटेलमा हुन्थ्यो । त्यहाँ भुषण दाहाल र टिम कास्टिङको लागि आएका थिए, पूजा गुरुङ, शिवानी सिंह थारु, दिया मास्के, म, आशा मङ्राती थियौं अडिसनमा । कुरा “कागबेनी”, नेपालको पहिलो डिजिटल फिल्मको । त्यो फिल्ममा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे । (यो कुरा फिल्मको २ प्रमुख पाटोले भन्नु भएको मलाई) तर राता रात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ ।
यो कुराको न त मसँग प्रूफ छ, न त आज भुषण दाईले मान्नु हुनेछ कि वहाँले अनुप सरको प्रेसरमा आएर वहाँको कुरा मान्नु भयो । दाईको पहिलो फिल्म थियो, वहाँ नर्भस हुनुभयो होला, अनुप सरबाट फिल्म साकार पार्नुमा धेरै भर परेका थिए रे ।
किन अहिले मात्र बोलिएको त उषा? : त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ । १९ बर्षकी शायद मैले बुझिन, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसें । १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिँन, हो म अलिकति त कातर नै हो ।
कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर…एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनु भन्दा ”nepotism”, “favoristim” किन? मैले Actors स्टुडियो का धेरै विद्यार्थीले पछाडि-पछाडि यो कुरा भनेको सुनेको छु । तर बिरालोको घाँटीमा कसले धन्टी बान्ने?
अझै पनि धेरै जसो राम्रो फिल्मको अडिसन त्यहीँबाट हुन्छ, अझैपनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दुषित ठाउँमा । ठिकै छ, म पनि गएकी थिएँ आश लिएर, आँखा नखोलुन्जेल ।
यति भन्दा भन्दै, मलाई कसै प्रति रीश छैन । अनुप सरबाट धेरै राम्रो कुरा पनि सिकेकी छु, दिया आफैमा सक्षम अभिनेत्री हुन्, र यो संसार यस्तै हो, अनि मै होला: कला आध्यत्म हो, यसलाई चोखो राख्नुपर्छ भन्ने बुद्धु ।
यति भन्दा भन्दै, मैले कसै माथि कुनै बेला जानी-नजानी अन्याय, धोका, अपमान गरेकी छु भनी भन्नुहोला । सच्याउने मौका सबैले पाउनुपर्छ । शायद यो सबै भन्ने म गलत पनि होला ।
अनि के, कला क्षेत्र सबै यस्तै हो, प्रदुषित? नो, हैन । धेरै राम्रा गुरुहरु भेटें, निस्पक्षिय कास्टिङ टिम, निडर निर्देशक, टाइममा पारिश्रमिक दिने निर्मातासँग काम गरेकी छु ।
कुरा प्रकाश फिल्मको : चलचित्र अवार्ड प्रति मेरो आस्था छ । एकदिन मेरो मिहेनत पुगेको, भाग्य खोलेको दिन मैले पनि पाउने अठोट लिएकी छु । हिजो आर्टिकल पढें: बेस्ट फिल्म अवार्ड हराएको रहेछ । फिल्म एकदम राम्रो छ, अवार्ड लायक । यसरी पुरस्कार गायब गरिएको बारे घोर निन्दा गर्दछु । चाँडै न्याय पाइयोस् भन्ने माग गर्दछु । परेमा अझै साथ दिइनेछ । किनकी अन्याय भोगेकी म र अन्य धेरैलाई थाहा छ, कति पोल्छ, दु:ख हुन्छ भनेर । सबैको भलो होस्! जय नेपाली सिनेमा! 🙏🏽"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रोशनराज भट्टराई र एलिना चौहानको 'तीजको लहर' गीत सार्वजनिक

रोशनराज भट्टराई र एलिना चौहानको 'तीजको लहर' गीत सार्वजनिक

गीतकार रोशनराज भट्टराई र गायिका एलिना चौहानकाे नयाँ तीज गीत 'तीजको लहर' सार्वजनिक भएको छ ।
लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भी विपक्षीको नाममा अल्पकालिन अनतरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र...
अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको वर्ष दिनको तिथि पारेर गीत रिलिज गरिएको हो । विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरु नेपाल र भारतमा सामाजिक...
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।