नेभिगेशन
सबै कुरा

सिधाकुरा डटकम विरुद्धको अवहेलना मुद्दाको फैसला भदौ ६ गते

काठमाडौँ । सिधाकुरा डटकम र यसका प्रकाशक तथा सम्पादक विरुद्धको मुद्दाको फैसला भदौ ६ गते सुनाइने भएको छ । सर्वोच्च अदालतमा बिहीबार प्रधानन्यायाधीश नेतृत्वको ९ जनाको बृहत पूर्ण इजलासले बहश सकिएपछि भदौ ६ गतेलाई निर्णय सुनाउने आदेश गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्चले त्यसअघि १५ दिन भित्र बहश नोट पेश गर्न पनि कानुन व्यवसायीहरुलाई आग्रह गरेको छ । बिहीबार प्रधान न्यायाधीश विश्मम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको बृहत पुर्ण इजलासमा न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल मुद्धाको सुनुवाइमा सहभागी भएका थिए ।

Ncell
Extreme Energy

सिधाकुराकातर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, ध्रुबलाल श्रेष्ठ, अधिवक्ताहरु बाबुराम अर्याल, डा.नारायण कंडेल, कपिलदेव ढकाल, शुलभ खरेल, मणिराम उपाध्याय, प्रदीप पोखरेल, राजेन्द्र दंगाल लगायतले बहस गरेका थिए ।

अदालतले आफैँ प्रतिवेदन उठाएर दायर गरेको अवहेलना  मुद्दामा अदालतको तर्फबाट नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार, महान्याधिवक्ताको कार्यालय केही कानुन व्यवसायीहरुले बहश गरेका थिए ।

सिधाकुरा डटकमले गत जेठ १४ गते ‘द डार्क फाइल’ नामक खोजमुलक समाचारको श्रृंखला प्रकाशन तथा प्रसारण गरेको थियो । उक्त समाचार प्रकाशनपछि सर्वोच्च अदालत प्रशासनले नै सिधाकुराविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसपछि सर्वोच्चले सिधाकुराले प्रकाशन तथा प्रसारण गरेको सो शृखंलाका सबै समाचारहरु हटाउन आदेश गरेको थियो । अदालतको आदेशपछि सिधाकुराले सो समाचार सामग्रीहरु हटाएर कानुन प्रक्रियामा सहभागी भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् भोटेकोशी बाढीका कारण ‘विपद् संकटग्रस्त क्षेत्र’  घोषित १५ स्थानीय तह

यी हुन् भोटेकोशी बाढीका कारण ‘विपद् संकटग्रस्त क्षेत्र’  घोषित १५ स्थानीय तह

विपद् संकटग्रस्त क्षेत्रमा रसुवाको उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका रहेको छ भने नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन...
दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित रसुवाको भोटेकोशी क्षेत्रमा वर्षाको समेत जोखिम रहेकाले खोज तथा उद्धारमा चुनौती आउन सक्ने जनाएको छ।
बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

भोटेकोशी–त्रिशूली–नारायणी नदीमा आएको बाढीपछि विभिन्न जिल्लाबाट संकलन गरिएका ३९३ शव विभिन्न अस्पताल तथा अस्थायी शवगृहमा राखिएको छ। तीमध्ये अधिकांश शवको पहिचान हुन बाँकी रहेको छ।