नेभिगेशन
सबै कुरा

शेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन निर्देशन दिएको छुः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अर्थसमिति बैठकमा अर्थमन्त्री पौडेलले शेयरबजार अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् । 

Ncell
Extreme Energy

उनले शेयर किनबेचमा आएको समस्यालाई समेत अध्ययन गर्न निर्देशन दिएको जानकारी दिए । उनले बजेट कार्यान्वयन गर्दा सुरु भएका र प्रतिफल दिने योजनमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री पौडेलले मुलुकको आवश्यकताका आधारमा विदेशी सहायता लिनुपर्ने र यसको कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने बताए । 

बैठकमा समिति सदस्य डा. प्रकाशशरण महतले शेयरबजारमा देखापर्ने अराजक गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले कमजोर कम्पनीको शेयर ह्वात्तै बढ्दा चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरे । 

राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल गर्न समितिले अर्थमन्त्रीलाई बोलाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित रसुवाको भोटेकोशी क्षेत्रमा वर्षाको समेत जोखिम रहेकाले खोज तथा उद्धारमा चुनौती आउन सक्ने जनाएको छ।
बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

भोटेकोशी–त्रिशूली–नारायणी नदीमा आएको बाढीपछि विभिन्न जिल्लाबाट संकलन गरिएका ३९३ शव विभिन्न अस्पताल तथा अस्थायी शवगृहमा राखिएको छ। तीमध्ये अधिकांश शवको पहिचान हुन बाँकी रहेको छ।