नेभिगेशन
सबै कुरा

सिमलताल दुर्घटना अध्ययन समिति लियाे कुरिनटारमा रहेका उपकरण र जनशक्तिकाे जानकारी

काठमाडाैँ । नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा भएको बस दुर्घटनाबारे अध्ययन समितिले ससस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारमा रहेको उपकरणहरु र जनशक्तिका बारेमा जानकारी लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असार २८ गते बिहान करीब साढे ३ बजे पहिरोले बगाएर २ वटा बस र यात्रु त्रिशुली नदीमा हराएपछि गृह मन्त्रालयले घटना बारे अध्ययन गर्न सहसचिव छवि रिजालको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले कुरीनटारमा रहेको बिपद् ब्यबस्थापन तालिम शिक्षालयमा के कस्ता उपकरणहरु र जनशक्ती रहेका छन् भन्ने बारे जानकारी लिएको हो । शिक्षालयमा रहेका उपकरणहरुको जानकारी लिँदै समितिले अबको आवश्यकताका बारेमा पनि जानकारी लिएको समितिका सयोजक छवि रिजालले बताए । संयोजक रिजालले नेपालको नदीको तिव्र बहाब, गहिराई र धमिलो पानीमा पनि काम गर्न सक्ने आधुनिक उपकरणहरुको आवश्यकताका बारेमा प्रतिबेदनमा उल्लेख गर्ने बताए । 

Ncell
Extreme Energy

उनले प्रतिबेदनको खाका तयार भई सकेको र गृह सचिव समय मिलाएर सरोकारवालाहरु समेतको उपस्थितिमा सार्वजनिक गर्ने बताए । सो क्रममा ससस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरीनटारका एसपी जनक पुरीले शिक्षालयमा भएका उपकरणहरु २०६९ सालमा आएको र त्यस पछि उपकरणहरुको अपग्रेट नभएको बताउँदै अब त्यो भन्दा अत्याधुनिक उपकरणहरुको आवश्यकता रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...
खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न इच्छुक दातृ निकाय, विकास साझेदार, संघसंस्था, नागरिक समाज तथा...
बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध तथा प्रभावित भएका छन् ।