नेभिगेशन
सबै कुरा

सिमलताल दुर्घटना अध्ययन समिति लियाे कुरिनटारमा रहेका उपकरण र जनशक्तिकाे जानकारी

काठमाडाैँ । नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा भएको बस दुर्घटनाबारे अध्ययन समितिले ससस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारमा रहेको उपकरणहरु र जनशक्तिका बारेमा जानकारी लिएको छ ।

गत असार २८ गते बिहान करीब साढे ३ बजे पहिरोले बगाएर २ वटा बस र यात्रु त्रिशुली नदीमा हराएपछि गृह मन्त्रालयले घटना बारे अध्ययन गर्न सहसचिव छवि रिजालको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले कुरीनटारमा रहेको बिपद् ब्यबस्थापन तालिम शिक्षालयमा के कस्ता उपकरणहरु र जनशक्ती रहेका छन् भन्ने बारे जानकारी लिएको हो । शिक्षालयमा रहेका उपकरणहरुको जानकारी लिँदै समितिले अबको आवश्यकताका बारेमा पनि जानकारी लिएको समितिका सयोजक छवि रिजालले बताए । संयोजक रिजालले नेपालको नदीको तिव्र बहाब, गहिराई र धमिलो पानीमा पनि काम गर्न सक्ने आधुनिक उपकरणहरुको आवश्यकताका बारेमा प्रतिबेदनमा उल्लेख गर्ने बताए । 

Dish Home
Global Ime Bank

उनले प्रतिबेदनको खाका तयार भई सकेको र गृह सचिव समय मिलाएर सरोकारवालाहरु समेतको उपस्थितिमा सार्वजनिक गर्ने बताए । सो क्रममा ससस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरीनटारका एसपी जनक पुरीले शिक्षालयमा भएका उपकरणहरु २०६९ सालमा आएको र त्यस पछि उपकरणहरुको अपग्रेट नभएको बताउँदै अब त्यो भन्दा अत्याधुनिक उपकरणहरुको आवश्यकता रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इजलासमा रवीन्द्रले भने, ‘ममाथि राजनीतिक प्रतिशोध भयो भनेर न्याय खोज्न कहाँ जाऊँ श्रीमान् ?’

इजलासमा रवीन्द्रले भने, ‘ममाथि राजनीतिक प्रतिशोध भयो भनेर न्याय खोज्न कहाँ जाऊँ श्रीमान् ?’

अनि म माथि राजनीतिक प्रतिशोध भइरहँदा न्यायालयबाटै न्याय भएन भने राजनीतिक प्रतिशोध भयो  भनेर म कहाँ जाउँला श्रीमान् ?
रविन्द्र मिश्रलाई आठौँ पटक म्याद थप, दुर्गा प्रसाई सहित ५ दिन थप हिरासतमै रहने

रविन्द्र मिश्रलाई आठौँ पटक म्याद थप, दुर्गा प्रसाई सहित ५ दिन थप हिरासतमै रहने

यस अघि उनलाई २०८१ चैत १७ गते ५ दिन, चैत २० गते ६ दिन, चैत २६ गते १५ दिन, २०८२ वैशाख १० गते ३ दिन, वैशाख १४ गते...
सहकारी  प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर, माइन्युटमा गरेको हस्ताक्षर आफ्नै भएको स्विकार

सहकारी  प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर, माइन्युटमा गरेको हस्ताक्षर आफ्नै भएको स्विकार

उनीविरुद्ध ठगीका साथै संगठित अपराधको कसुर समेत लगाइएको छ। जबकी संगठित अपराधको कसुरमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने प्रावधान भएपनि कांग्रेस सांसदको मुद्धा भनेपनि २ सातामै...

भर्खरै