नेभिगेशन
सबै कुरा

चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु

तनहुँ । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ ।

Marvel
Extreme Energy

त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का पुजन सिञ्जाली, बन्दीपुर–४ का इसाक सुनार र शुक्लागण्डकी–२ नारन रानाको मृत्यु भएको छ ।

चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको उनले बताए ।

त्यसैगरी यसै आवमा वन्यजन्तुबाट ४२ घटनामा ७७ पशुधन क्षति भएका छन् । त्यसमा बाख्रा ६९, बङ्गुर पाँच, गाई एक, पाडो एक र सुँगुर एक क्षति भएका छन् ।

त्यसैगरी चार रतुवा मृग, एक अजिङ्गरको उद्धार गरिएको छ भने तीन चितुवा र एक निरबिरालो मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिए ।

प्रत्येक पालिकामा पानीको पोखरी निर्माणकार्यलाई प्राथमिकता दिएसँगै विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको उनले बताए ।

खोला खोल्सीमा रहेका सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउनका लागि वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणकार्यलाई तीव्रता दिइएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तिहार बिदामा निगमको डिपो खुला रहने

तिहार बिदामा निगमको डिपो खुला रहने

रास्वपाका उम्मेदवार आकांक्षीलाई ७ बुँदे निर्देशन– उम्मेदवार क्लबमा आबद्ध हुनु उम्मेदवारी सुनिश्चितता होइन

रास्वपाका उम्मेदवार आकांक्षीलाई ७ बुँदे निर्देशन– उम्मेदवार क्लबमा आबद्ध हुनु उम्मेदवारी सुनिश्चितता होइन

केन्द्रीय निर्वाचन आयोगले आज ‘निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागी सबैका लागि’ ७ बुँदे निर्देशन जारी गरेको हो ।
अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई चार मेक्सिकन नागरिकलाई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ।

भर्खरै