नेभिगेशन
सबै कुरा

बाढीले अटोरिक्सा बगाउँदा दुईजना बेपत्ता, चालकको उद्धार

तुलसीपुर  ः दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको बेचनी खोलाले आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । 

तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई  तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

Dish Home
Global Ime Bank

चालकको उद्धार

यसैबीच दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ । 

बाढीले बगाएका तुलसीपुर-७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

उनका अनुसार नदी किनारमा नुहाउने क्रममा सुरुमा एउटा बालिका डुबेपछि उनलाई बचाउने क्रममा दुवै जनालाई बगाएको सँगै नुहाउन गएका उनीहरुका साथीहरुले बताएका छन् ।
इजलासमा रवीन्द्रले भने, ‘ममाथि राजनीतिक प्रतिशोध भयो भनेर न्याय खोज्न कहाँ जाऊँ श्रीमान् ?’

इजलासमा रवीन्द्रले भने, ‘ममाथि राजनीतिक प्रतिशोध भयो भनेर न्याय खोज्न कहाँ जाऊँ श्रीमान् ?’

अनि म माथि राजनीतिक प्रतिशोध भइरहँदा न्यायालयबाटै न्याय भएन भने राजनीतिक प्रतिशोध भयो  भनेर म कहाँ जाउँला श्रीमान् ?

भर्खरै