नेभिगेशन
सबै कुरा

दूध बेचेर मासिक लाख आम्दानी

 घोराही (दाङ)ः दाङको घोराही उपमहानगरपालिका-१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लाग्नुभएका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’का अध्यक्ष रहेका घर्तीले भने “भैँसी र बङ्गुरपालन गरेर राम्रै आम्दानी भइरहेको छ ।”   घोराही उपमहानगरपालिका-७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिकरुपमा पशुपालन गर्दै आउनुभएका उहाँले दूध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेको बताएो । उनको फार्ममा १८ भैँसी र २५ बङ्गुर रहेका छन् । 

Ncell
Extreme Energy

उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको घर्तीले बताए े । “दूध बिक्री गर्न समस्या छैन । फार्मबाटै विद्यालय र डेरीमा जाने गरेको छ”, उनले भने । दैनिक ४५ देखि ५० लिटरसम्म दूध बिक्री भइरहेको घर्तीले बताए  । फार्ममा कम्तीमा ४० भैँसी र जर्सी गाईसमेत थप गर्ने उनको योजना छ । 

बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको घर्ती बताए । दूध प्रतिलिटर ७० मा बिक्री हुने गर्दछ । भैँसीपालनसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताए । 

व्यावसायिक रुपमा दूध र मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब एक करोड ५० लाखसम्म लगानी भइसकेको चौधरीले बताए  । फार्ममा तीन जनाले रोजगारी पाएका छन् । पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका घाँसखेती समेत गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...
खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न इच्छुक दातृ निकाय, विकास साझेदार, संघसंस्था, नागरिक समाज तथा...
बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध तथा प्रभावित भएका छन् ।