नेभिगेशन
सबै कुरा

दूध बेचेर मासिक लाख आम्दानी

 घोराही (दाङ)ः दाङको घोराही उपमहानगरपालिका-१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लाग्नुभएका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन् । 

मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’का अध्यक्ष रहेका घर्तीले भने “भैँसी र बङ्गुरपालन गरेर राम्रै आम्दानी भइरहेको छ ।”   घोराही उपमहानगरपालिका-७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिकरुपमा पशुपालन गर्दै आउनुभएका उहाँले दूध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेको बताएो । उनको फार्ममा १८ भैँसी र २५ बङ्गुर रहेका छन् । 

Dish Home
Global Ime Bank

उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको घर्तीले बताए े । “दूध बिक्री गर्न समस्या छैन । फार्मबाटै विद्यालय र डेरीमा जाने गरेको छ”, उनले भने । दैनिक ४५ देखि ५० लिटरसम्म दूध बिक्री भइरहेको घर्तीले बताए  । फार्ममा कम्तीमा ४० भैँसी र जर्सी गाईसमेत थप गर्ने उनको योजना छ । 

बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको घर्ती बताए । दूध प्रतिलिटर ७० मा बिक्री हुने गर्दछ । भैँसीपालनसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताए । 

व्यावसायिक रुपमा दूध र मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब एक करोड ५० लाखसम्म लगानी भइसकेको चौधरीले बताए  । फार्ममा तीन जनाले रोजगारी पाएका छन् । पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका घाँसखेती समेत गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इजलासमा रवीन्द्रले भने, ‘ममाथि राजनीतिक प्रतिशोध भयो भनेर न्याय खोज्न कहाँ जाऊँ श्रीमान् ?’

इजलासमा रवीन्द्रले भने, ‘ममाथि राजनीतिक प्रतिशोध भयो भनेर न्याय खोज्न कहाँ जाऊँ श्रीमान् ?’

अनि म माथि राजनीतिक प्रतिशोध भइरहँदा न्यायालयबाटै न्याय भएन भने राजनीतिक प्रतिशोध भयो  भनेर म कहाँ जाउँला श्रीमान् ?
रविन्द्र मिश्रलाई आठौँ पटक म्याद थप, दुर्गा प्रसाई सहित ५ दिन थप हिरासतमै रहने

रविन्द्र मिश्रलाई आठौँ पटक म्याद थप, दुर्गा प्रसाई सहित ५ दिन थप हिरासतमै रहने

यस अघि उनलाई २०८१ चैत १७ गते ५ दिन, चैत २० गते ६ दिन, चैत २६ गते १५ दिन, २०८२ वैशाख १० गते ३ दिन, वैशाख १४ गते...
सहकारी  प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर, माइन्युटमा गरेको हस्ताक्षर आफ्नै भएको स्विकार

सहकारी  प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर, माइन्युटमा गरेको हस्ताक्षर आफ्नै भएको स्विकार

उनीविरुद्ध ठगीका साथै संगठित अपराधको कसुर समेत लगाइएको छ। जबकी संगठित अपराधको कसुरमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने प्रावधान भएपनि कांग्रेस सांसदको मुद्धा भनेपनि २ सातामै...

भर्खरै