नेभिगेशन
सबै कुरा

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र  गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...
खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न इच्छुक दातृ निकाय, विकास साझेदार, संघसंस्था, नागरिक समाज तथा...
बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध तथा प्रभावित भएका छन् ।