नेभिगेशन
सबै कुरा

धार्चे पहिरोः बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा  बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको प्रनाउ श्रेष्ठले बताए । ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा राती गएको पहिरोमा परेर बेपत्ता भएका थिए । 

Ncell
Extreme Energy

गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता भएका ७० बर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जीतबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो । पहिरोमा परेर सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका थिए । घाइतेहरुको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...
खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न इच्छुक दातृ निकाय, विकास साझेदार, संघसंस्था, नागरिक समाज तथा...
बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध तथा प्रभावित भएका छन् ।