नेभिगेशन
सबै कुरा

आज ६ प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखिमध्यम वर्षाको सम्भावना छ ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना  छ ।

Dish Home
Global Ime Bank

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा  केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।  कोशी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना  छ ।

आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट हुनसक्ने क्षतिबाट जोगिन विभागले अनुरोध गरेको छ । 

विभागले भारी वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि आग्रह गरेको छ । साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा  हुरीको पनि सम्भावना रहेकोले सचेत रहन सबैमा आह्वान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीपले यसअघि नै कन्ट्रयाक्टलाई निरन्तरता नदिनेबारे क्यानलाई गराएका थिए जानकारी

सन्दीपले यसअघि नै कन्ट्रयाक्टलाई निरन्तरता नदिनेबारे क्यानलाई गराएका थिए जानकारी

नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय करारलाई निरन्तरता नदिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुमा एक स्टाटस लेख्दै लामिछानेले आफूले सेन्ट्रल कन्ट्रयाक्टलाई...
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय, भन्छन् – यो टाढिने निर्णय होइन

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय, भन्छन् – यो टाढिने निर्णय होइन

नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय करारलाई निरन्तरता दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै लामिछानेले यो निर्णय आफूले क्रिकेट...
वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरणः १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रहरीलाई उच्च अदालतको आदेश

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरणः १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रहरीलाई उच्च अदालतको आदेश

वीरगंजका मेयर राजेशमान सिंहविरुद्धको नागरिकता किर्ते प्रकरणमा अनुसन्धानमा विलम्ब भएको भन्दै उच्च अदालतमा परेको निवेदनमाथि अदालतले परामादेश दिएको छ । बुधबार उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश...
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयकलाई समायानुकूल बनाउनुपर्ने भएकाले संसद्मा प्रस्तुत गरिएको बताए ।

भर्खरै