नेभिगेशन
सबै कुरा

अति भारी वर्षाको जोखिम रहेका यी ३४ जिल्लामा रात्रि बस नचलाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षाका कारण उच्च जोखिममा रहेका ३४ जिल्लामा आज र भोलि रात्रिकालीन बस नचलाउन अनुरोध गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुन सक्ने जनाएको छ । ति जिल्लाहरुमा वर्षाका कारण विपदको जोखिम हुन सक्ने रात्रिकालीन बस नचलाउन अनुरोध गरेको हो ।

Ncell
Extreme Energy

प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो ।

विभागका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, सिन्धुपाल्चोक, चितवन, दोलखा, धादिङ, नुवाकोट उच्च जोखमको सूचीमा छन् ।

त्यस्तै म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोखरामा पनि उच्च जोखममा रहेको विभागले जनाएको छ ।

कपिलवुस्त, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी उच्च जोखिममा छन् ।

बाढीको समयमा दाउरा निकाल्न तथा माछा मार्नको लागि नदीमा नजान पनि प्राधिकरणले आग्रह गरेको छ ।

अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।