नेभिगेशन
सबै कुरा

बिरामीको मृत्यु भएपछि अस्पतालअघि शव राखेर आफन्तको विरोध

रुकुमपश्चिम । हिँडेर उपचार गर्न गएका बिरामीको मृत्यु भएपछि रुकुमपश्चिमको सदरमुकाम मुसिकोट तनावग्रस्त बनेको छ । ज्वरो आएपछि उपचार गर्न पुगेकी बिरामीको पिके औषधालयको लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तहरु आक्रोसित बनेका छन् । 

रुकुमपश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ७ घर भएकी ३४ वर्षीया बिमला खत्री मंगलबार उपचारका लागि सदरमुकामस्थित वेस्टर्न न्यू लाइफ हस्पिटल  पुगेकी थिइन् । उनी करिब १० बजे उक्त औषधालय पुगेको एक आफन्तले बताए । उक्त मेडिकलले बिमलाको उपचार सुरु गर्यो । तर केही समयपछि बिमलाको अवस्था खराब हुँदै गयो । उनको मुखबाट रगत निस्कन थाल्यो । 

Dish Home
Global Ime Bank

उक्त अस्पतालले बिमलाको उपचार संभव नदेखेपछि जिल्ला अस्पताल रिफर गर्यो । करिब २ बजेको समयमा आफन्तले बिमलालाई जिल्ला अस्पताल पुर्याएका थिए । तर जिल्ला अस्पताले बिरामीको अवस्था जटिल भएको र आईसीयूको अभाव भएको भन्दै बिरामीलाई नेपालगञ्जस्थित प्रादेशिक अस्पतालमा रिफर गर्यो । बिमलाको नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । 

त्यसपछि आफन्तहरुले बिमलाको शव उनको सुरुमा उपचार गर्ने वेस्टर्न न्यू लाइफ हस्पिटल अघि राखेर बिरोध गर्न थाले । उक्त अस्पतालका डाक्टर जनक केसीको लापरबाहीका कारण बिरामीको मृत्यु भएको उनीहरुको भनाई छ । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार अहिले मृतकका आफन्तले मेडिकल बाहिर शव राखेर बिरोध गरिरहेका छन् । उनका अनुसार मेडिकल र आफन्तहरुबीच सहमतिको लागि छलफल भईरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई...
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ ।
व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षका लागि व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
अर्थ मन्त्रालयको बेरुजु ७० प्रतिशत बढी, अन्यको कति ?

अर्थ मन्त्रालयको बेरुजु ७० प्रतिशत बढी, अन्यको कति ?

आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको देखिएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनका अनुसार सरकारका मन्त्रालयहरूमध्ये सबैभन्दा बढी...