नेभिगेशन
सबै कुरा

बिरामीको मृत्यु भएपछि अस्पतालअघि शव राखेर आफन्तको विरोध

रुकुमपश्चिम । हिँडेर उपचार गर्न गएका बिरामीको मृत्यु भएपछि रुकुमपश्चिमको सदरमुकाम मुसिकोट तनावग्रस्त बनेको छ । ज्वरो आएपछि उपचार गर्न पुगेकी बिरामीको पिके औषधालयको लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तहरु आक्रोसित बनेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रुकुमपश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ७ घर भएकी ३४ वर्षीया बिमला खत्री मंगलबार उपचारका लागि सदरमुकामस्थित वेस्टर्न न्यू लाइफ हस्पिटल  पुगेकी थिइन् । उनी करिब १० बजे उक्त औषधालय पुगेको एक आफन्तले बताए । उक्त मेडिकलले बिमलाको उपचार सुरु गर्यो । तर केही समयपछि बिमलाको अवस्था खराब हुँदै गयो । उनको मुखबाट रगत निस्कन थाल्यो । 

Ncell
Extreme Energy

उक्त अस्पतालले बिमलाको उपचार संभव नदेखेपछि जिल्ला अस्पताल रिफर गर्यो । करिब २ बजेको समयमा आफन्तले बिमलालाई जिल्ला अस्पताल पुर्याएका थिए । तर जिल्ला अस्पताले बिरामीको अवस्था जटिल भएको र आईसीयूको अभाव भएको भन्दै बिरामीलाई नेपालगञ्जस्थित प्रादेशिक अस्पतालमा रिफर गर्यो । बिमलाको नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । 

त्यसपछि आफन्तहरुले बिमलाको शव उनको सुरुमा उपचार गर्ने वेस्टर्न न्यू लाइफ हस्पिटल अघि राखेर बिरोध गर्न थाले । उक्त अस्पतालका डाक्टर जनक केसीको लापरबाहीका कारण बिरामीको मृत्यु भएको उनीहरुको भनाई छ । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार अहिले मृतकका आफन्तले मेडिकल बाहिर शव राखेर बिरोध गरिरहेका छन् । उनका अनुसार मेडिकल र आफन्तहरुबीच सहमतिको लागि छलफल भईरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।