नेभिगेशन
सबै कुरा

हेलिकप्टर आधा बाटोमै खसेपछि जिपमा फर्किए भारतीय पर्यटक

काठमाडौँ । हेलिकप्टरमा काठमाडौँ आउन कुरेर बसेका भारतीय पर्यटक आधा बाटोमै हेलिकप्टर खसेपछि स्याफ्रुबेंसीदेखि जिपमा काठमाडौँ फर्किएका छन् । काठमाडौँबाट स्याफ्रुबेंसी लागि उडेको एयर डाइनेष्टीको हेलिकप्टर बुधबार दिउँसो नुवाकोटको सूर्य चौरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा हेलिकप्टरका चालकसहित ५ जनाको मृत्यु भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो हेलिकप्टर रसुवाको स्याफ्रुबेंसीका लागि दिउँसो १ बजेर ५४ मिनेटमा उडेको नेपाल नागरिक उड्यायन प्राधिकरणले जनाएको छ । चिनियाँ पर्यटक छोडेर हेलिकप्टरले ४ जना भारतीय पर्यटकलाई काठमाडौँ ल्याउने तयारी गरेको थियो ।

Ncell
Extreme Energy

जसअनुसार ५ जना भारतीय पर्यटक हेलिकप्टर कुरेर बसेको स्याफ्रुका होटल व्यवसायी दावा सोनाम लामाले सिधाकुरालाई बताए । ‘चिनियाँ नागरिक छोडेर भारतीय नागरिक लिएर जाने भनेर उडेको हेली आधा बाटोमै खसेछ,’ लामाले भने,‘दुःखद दुर्घटना भयो । हेलिकप्टर कुरेर बसेकाहरू भर्खरै जिपमा काठमाडौँका लागि निस्किएका छन् ।’ दुःखद दुर्घटनाको समाचार आएपछि भारतीय पर्यटकले आकस्मिक रुपमा जिपको व्यवस्था गरेर काठमाडौँ निस्किएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।