नेभिगेशन
सबै कुरा

बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ।

Ncell
Extreme Energy

पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन्।

अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

झब्रिखेत बस्ती जोखिममा

यसैबीच, सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेको छ। त्यहाँ निरन्तर पहिरो खसेपछि जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ। कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा हुँदै बलेवा अमलाचौर जोड्ने सडक विस्तार भएको स्थानमा पहिरो खस्न सुरु भएको हो।

हरेक वर्षको पहिराले प्रभावित भएका यहाँका केही बासिन्दा विस्थापित भएका पहिरोपीडित दीपक पौडेलले बताए। पहिरोका कारण पौडेल परिवार विस्थापित भइसकेको छभने स्थानीय रेशमलाल आचार्य, राजेन्द्र आचार्यलगायत स्थानीयका घर जोखिममा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।