नेभिगेशन
सबै कुरा

बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ।

पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ।

Dish Home
Global Ime Bank

पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन्।

अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

झब्रिखेत बस्ती जोखिममा

यसैबीच, सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेको छ। त्यहाँ निरन्तर पहिरो खसेपछि जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ। कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा हुँदै बलेवा अमलाचौर जोड्ने सडक विस्तार भएको स्थानमा पहिरो खस्न सुरु भएको हो।

हरेक वर्षको पहिराले प्रभावित भएका यहाँका केही बासिन्दा विस्थापित भएका पहिरोपीडित दीपक पौडेलले बताए। पहिरोका कारण पौडेल परिवार विस्थापित भइसकेको छभने स्थानीय रेशमलाल आचार्य, राजेन्द्र आचार्यलगायत स्थानीयका घर जोखिममा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका...
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई...
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ ।
व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षका लागि व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।