नेभिगेशन
सबै कुरा

धरानमा खानेपानीको महसुल बढाएको भन्दै स्थानीयले घेरे उपमहानगरपालिका, साम्पाङविरुद्ध नाराबाजी

काठमाडाैँ । खानेपानीको महसुल घटाउँछु भन्दै मेयर हितेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले उल्टै महसुल बढाएपछि स्थानीयले उपमहानगरपालिकाको कार्यालय घेरेका छन् । बिहिबार बिहानैदेखि आन्दोलनमा उत्रिएका उनीहरुले हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यालय घेराउ गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरानमा यसअघि भएको खानेपानी शूल्कमा अचाकली मूल्य बढाइएपछि पछिल्लो समय विभिन्न राजनीतिक दलका साथै स्थानीयहरु आन्दोलनमा छन् । खानेपानीको समस्या समाधान गर्न नसकेको र उल्टै शुल्क र महसुल बढाएको भन्दै उनीहरूले मेयर हर्क साम्पाङको राजीनामा माग गरेका हुन् । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङले सरोकारवालासँग समन्वय नगरी आफूखुसी शुल्क बढाएको विरोधमा धरानमा १० राजनीतिक दलको अगुवाइमा एक सातादेखि आन्दोलन भइरहेको छ ।

Ncell
Extreme Energy

सोही क्रममा बिहिबार प्रदर्शनकारी उपमहानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् । प्रदर्शनमा पुगेका उनीहरुले कार्यालयभित्रै पसेर आन्दोलन गर्ने  प्रयास गरेपछि प्रहरीले उनीहरुमाथि बल समेत प्रयोग गरेको छ । 

खानेपानी व्यवस्थापन बोर्ड र धरान उपमहानगरपालिकाले खानेपानीको महसुलमा ४ गुणासम्म वृद्धि गरेका छन् । सोही मूल्यवृद्धिको विरोधका धरानमा आन्दोलन चर्किएको छ ।

साउन १ गतेबाट लागु हुने गरी शुल्क र महसुलमा वृद्धि गरिएपछि राजनीतिक दल तथा नागरिक समाजले पुरानै शुल्क र महसुल कायम गर्न माग राख्दै चरणवद्ध आन्दोलन गरेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।