नेभिगेशन
सबै कुरा

सादा पोशाकको प्रहरी हुँ भन्दै रकम असुल्ने १ जना पक्राउ

रौतहट । रौतहटमा सादा पोशाकको प्रहरी हुँ भन्दै रकम असुल्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर १ का २४ वर्षीय रमेश साह रहेका छन् । 

आफूलाई सादा पोशाकमा ड्युटीमा खटाएको भन्दै तलासी गर्ने कार्य गर्दै आएको  सुचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटीएको टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ९ डुमरिया चोकबाट साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । 

City Express

साहले बोकेको झोलाबाट सशस्त्र प्रहरीको तयारी अवस्थाको पोशाक समेत बरामद भएको छ । पक्राउ परेका साह माथि अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...