नेभिगेशन
सबै कुरा

सादा पोशाकको प्रहरी हुँ भन्दै रकम असुल्ने १ जना पक्राउ

रौतहट । रौतहटमा सादा पोशाकको प्रहरी हुँ भन्दै रकम असुल्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर १ का २४ वर्षीय रमेश साह रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूलाई सादा पोशाकमा ड्युटीमा खटाएको भन्दै तलासी गर्ने कार्य गर्दै आएको  सुचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटीएको टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ९ डुमरिया चोकबाट साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । 

Ncell
Extreme Energy

साहले बोकेको झोलाबाट सशस्त्र प्रहरीको तयारी अवस्थाको पोशाक समेत बरामद भएको छ । पक्राउ परेका साह माथि अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...