नेभिगेशन
सबै कुरा

विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्चकाे आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका २ सञ्चालकलाई नहटाउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आदेश दिएको छ । न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले उनीहरुलाई सञ्चालकबाट हटाउनुको कारण समेत माग गर्दै अन्तरिम आदेश दिएको हो । 

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई पदबाट हटाएको  थियो । मन्त्रालयले सो विवादमा सोधेको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नपाएको भन्दै गत साउन २० गते सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट बर्खास्त  गरेको थियो । त्यस्तै मन्त्रालयले उनीहरुको स्थानमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

Dish Home
Global Ime Bank

मन्त्रालयको कारबाहीविरुद्ध बुधबार सर्वोच्चमा रिट दायर गरेका उनीहरुलाई नहटाउन अदालतले आदेश दिएको हो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका...
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई...
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ ।
व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षका लागि व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।