नेभिगेशन
सबै कुरा

विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्चकाे आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका २ सञ्चालकलाई नहटाउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आदेश दिएको छ । न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले उनीहरुलाई सञ्चालकबाट हटाउनुको कारण समेत माग गर्दै अन्तरिम आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई पदबाट हटाएको  थियो । मन्त्रालयले सो विवादमा सोधेको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नपाएको भन्दै गत साउन २० गते सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट बर्खास्त  गरेको थियो । त्यस्तै मन्त्रालयले उनीहरुको स्थानमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

Ncell
Extreme Energy

मन्त्रालयको कारबाहीविरुद्ध बुधबार सर्वोच्चमा रिट दायर गरेका उनीहरुलाई नहटाउन अदालतले आदेश दिएको हो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।