नेभिगेशन
सबै कुरा

जब उड्नका लागि धावनमार्गमा पुगेकाे श्री एयरलाइन्सको जहाज फर्कियाे...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन् । 

Ncell
Extreme Energy

“विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए”, उनले भनिन् । सांसद कठायतले विमान धावनमार्गबाट उड्नै लाग्ला फर्काइनु एयरलाइन्सको लापरवाही भएको बताइन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले पनि सो विषय स्विकार गरे । विमानमा केही समस्या भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको उनको भनाई छ । “प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्”, उनले भने, “नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ ।”

अहिले सोही विमानमार्फत यात्रीहरु बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।